काठमाडौं / निर्वाचन आयोगले विभिन्न कारण देखाएर ७६ जना उम्मेदवारलाई समानुपातिक सूचीबाट हटाएको छ। आयोगले नेपाली कांग्रेसका रामसुन्दर महरा, नेकपा (एमाले)का दलबहादुर गुरुङ र राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)की उर्मिला चौधरीलाई समानुपातिक सूचीबाट हटाएको हो।
कांग्रेसका महारा गत निर्वाचनमा प्रदेश सभाको समानुपातिक सूचीमा रहेका थिए। एमालेका गुरुङ पनि गत निर्वाचनमा प्रदेश सभाको समानुपातिक सूचीमा रहेको आयोगले जनाएको छ। रास्वपाकी चौधरीलाई भने पार्टीले नै हटाउन लेखी पठाएको थियो।
यसरी हटाएका नाममा हर्क साम्पाङ नेतृत्वको श्रम संस्कृति पार्टीका सबैभन्दा बढी आठ जना छन्। श्रम संस्कृति पार्टीले नै उनीहरूको नाम हटाउन लेखी पठाएको थियो।
यसका साथै निर्वाचन आयोगले उमेर नपुगेका, मतदाता नामावलीमा नाम नभएका, जरिवाना नतिरेका, कालोसूचीमा रहेकाहरूको नाम बन्दसूचीबाट हटाएको हो । कर्जा सूचना केन्द्रको कालो सूचीमा रहेका २१ जना, प्रदेशसभाको बन्दसूचीतर्फ नाम कायम भएका २५ जना, आयोगको जरिवाना भुक्तान नगरेका १०, २५ वर्ष उमेर नपुगेका ४, मतदाता नामावलीमा समावेश नभएका १, मतदाता नामावली पिछडिएको क्षेत्रमा नरहेका २, महिलाको ठाउँमा पुरुष उम्मेदवारको रुपमा पेश भएका १, राजनीतिक दलबाट नाम हटाउन अनुरोध भएका १० र अन्य कारणबाट २ जनाको नाम हटाइएको आयोगले जनाएको छ ।
समानुपातिक उम्मेदवारको सूचीबाट नाम हटाएका उम्मेदवार:











