म्याग्दी/ महिला बलात्कारका आरोपी बागलुङको निसिखोला गाउँपालिका ६ भलकोट घर भै मुस्ताङको बारागुङ मुक्तिक्षेत्र गाउँपालिका २ छयाङगोठ बस्ने २७ वर्षिय आकाश घर्तीमगरलाई जिल्ला अदालत मुस्ताङले दोषी ठहर गरेको छ ।
मुस्ताङ जिल्ला अदालतका न्यायाधिश विद्याराज पौडेलको इजालसले आइतबार घर्तीमगरलाई कसुर ठहर गर्दै सजाय निर्धारणका लागि पेश गर्न आदेश दिएको जिल्ला अदालतका सुचना अधिकारी दिपेन्द्र पौडेलले जानकारी दिए । उनका अनुसार अव पेशी तोकेर अर्को इजालसमा पेश गरेपछि सजाय निर्धारण हुन्छ ।
२०८१ फागुन २ गते ३० वर्षिया महिलालाई बलात्कार गरेको भन्दै पिडीत पक्षले सोही दिन दिएको उजुरीका आधाराम गत फागुन २ गते जिल्ला प्रहरी कार्यालय मुस्ताङले घर्तीमगरलाई पक्राउ गरेको थियो । अनुसन्धानपछि फागुन २६ गते जिल्ला सरकारी वकिल कार्यालयले जबरजस्ती करणी शिर्षकमा जिल्ला अदालत मुस्ताङमा अभियोजन दर्ता गरेको थियो । जिल्ला अदालतका न्यायाधिश बिद्याराज पौडेलको इजालसले फागुन २७ गते पुर्पक्षका लागि थुनामा पठाउने आदेश गरेको थियो ।





