शनिबार, कार्तिक १ २०८३

शनिबार, कार्तिक १ २०८३
  • १ कार्तिक २०८३ , शनिबार
  • October 17 2026

मगर जातिको इतिहास र भर्तीको फन्दा बजारमा

मगर जातिको इतिहास र भर्तीको फन्दा बजारमा


  • ढोरपाटन संवाददाता
  • चैत्र २५ २०८२, बुधबार

पोखरा/लेखक, इतिहासकार तथा अधिवक्ता मनोज घर्तीमगरद्वारा लिखित अनुसन्धानमुलक इतिहासका दुुइ पुुस्तक बजारमा आएका छन् ।

‘मगर जातिको इतिहास’ र भर्तीको फन्दा’ पुस्तकको दोस्रो संस्करण हालै बजारमा आएका हुन् ।

इतिहास तथा संस्कार र संस्कृति गरि दुुई भागमा विभाजित ‘मगर जातिको इतिहास’ पुुस्तक १७६ पृष्ठको छ । पुुस्तकमा मगर जातिको परिचय, मगर जातिको प्राचीनता, मगरको उत्पत्ति, कसरी भयो मगर नामाकरण ? मगरात, मगरको मुल थलो, मगर राज्य र राजाहरु, मगरका थर र उपथर, मगर भाषा, धर्म संस्कार, पूजा संस्कार, कर्म संस्कार, विवाह संस्कार, मगर समुदायका लोकबाजा लगायतका विषय समेटिएका छन् । पुुस्तकको प्रकाशक हङकङ निवासी कविता थापामगर हुन् ।

२०७१ सालमा प्रकाशित भर्तीको फन्दा पुुस्तकको परिमार्जित दोस्रो संस्करणमा पनि बजारमा आएको छ । पिपलतुुङ रिसर्च एण्ड डेभलपमेन्ट हब ललितपुरले प्रकाशन गरेको २६० पृष्ठको भर्तीको फन्दा गोर्खा सैनिकको इतिहास सम्बन्धी पुुस्तक हो ।

‘भर्तीको फन्दा केवल गोर्खा भर्तीको इतिहासमा सीमित छैन, यसले नेपाली समाज, खासगरिः मगर, गुरुङ, राई, लिम्बू लगायतका समुदायहरूको जीवन, संस्कार, संघर्ष र मनोविज्ञानलाई गहिरो रूपमा विश्लेषण गरेको छ,’ प्रकाशन संस्था पिपलतुुङ रिसर्च एण्ड डेभलपमेन्ट हबका अध्यक्ष माया रोकामगरले भनिन्,‘तत्कालीन समयमा राज्यले नै केही निश्चित जातिलाई छानिछानि भर्ती पठाइएको र त्यसले नेपाली समाजमा पारेको गहिरो असरलाई कृतिले उजागर गरेको छ ।’

लेखक मनोज घर्तीमगरले केही दिनमै पोखरा र काठमाडौंमा बृहत कार्यक्रम गरी किताबको विमोचन गर्ने बताएका छन् । उनले पाठकलाई सहज रुपमा उपलब्ध होस् भन्ने हेतुुले विमोचन अगावै पुुस्तक बजारमा पठाइएको सुनाए ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->