बुधबार, भाद्र १० २०८३

बुधबार, भाद्र १० २०८३
  • १० भाद्र २०८३ , बुधबार
  • August 26 2026

मुक्तक मञ्चमा गुञ्जे १९ मुक्तककार

मुक्तक मञ्चमा गुञ्जे १९ मुक्तककार

अग्रज साहित्यकार सरुभक्तले नेपाली साहित्यका क्षेत्रमा मुक्तकको श्रीवृद्धि र विकासमा पोखराको अभूतपूर्व र जीवन्त इतिहास रहेको स्मरण गरे ।


  • ढोरपाटन संवाददाता
  • बैशाख १३ २०८३, आइतबार

पोखरा/मुक्तक मञ्च केन्द्रीय समितिले स्थापनाको १९ औं वार्षिकोत्सवमा १९ जना मुक्तककारलाई नै मञ्चमा उभ्याएको छ ।

मञ्चले नवपुस्तामा झण्डै दुई दशक उमेरदेखि युवा र अग्रज गरी ८८ वर्षसम्मका मुक्तकका स्रष्टा साधकलाई एउटै मञ्च प्रदान गरेको हो ।

यो मात्र नभएर संस्थाले सोही समारोह बीच निवर्तमान अध्यक्ष रामजीप्रसाद आचार्यलाई संस्था विस्तारमा पु¥याएको योगदानको स्मरण गर्दै विशेष सम्मान, नियमित वाचनमा सहभागी तेजबहादुर तमूलाई उत्कृष्ट वाचक र मकवानपुर शाखालाई उत्कृष्ट शाखा सम्मान ग¥यो ।

कार्यक्रमका प्रमुख अतिथि गण्डकी प्रदेश सभा सदस्य प्रकाश बराल, अग्रज साहित्यकार सरुभक्त, सूर्य खड्का बिखर्ची र दुर्गाबहादुर शाह बाबालगायतले सम्मान अर्पण गरे ।

 प्रमुख अतिथि बरालले राष्ट्र, राष्ट्रियता, मातृत्व, माटो र मायालाई विषय बनाएका सिर्जनाले हाम्रो भाषा, कला, साहित्य र संस्कृतिलाई जीवन्त तुल्याउन अतुलनीय योगदान दिने बताए । कार्यक्रमले पुस्तान्तरणलाई समेत देखाएको बताउँदै बरालले स्रष्टा साधक राष्ट्रका अमूल्य निधि भएकाले यस्ता कार्यक्रममा आफ्नो सधैँ साथ र सहयोग रहनेसमेत प्रतिबद्धता जाहेर गरे ।

अग्रज साहित्यकार सरुभक्तले नेपाली साहित्यका क्षेत्रमा मुक्तकको श्रीवृद्धि र विकासमा पोखराको अभूतपूर्व र जीवन्त इतिहास रहेको स्मरण गरे ।

अग्रज लोकदोहोरी गायिका हरिदेवी कोइरालाले १९ औं वार्षिकोत्सवमा १९ स्रष्टाकै मुक्तकसहितको मुक्तक उत्सव गरेर स्तुत्य कार्य गरेको भन्दै प्रशंसा गरिन् ।

गण्डकी प्रज्ञा–प्रतिष्ठानका संस्थापक कुलपति सूर्य खड्का बिखर्चीले मुक्तक साहित्यको विकासमा मुक्तक मञ्चले पुर्याएको योगदान उल्लेख्य रहेको धारणा राखे ।

पुतलीबजार प्रज्ञा–प्रतिष्ठानका उपकुलपति दुर्गाबहादुर शाह बाबाले मुक्तक साहित्य पछिल्लो समय सबैका लागि लोकप्रिय विधा भएको स्मरण गरे ।

मुक्तक उत्सवमा विभिन्न जिल्लाका १९ मुक्तककारले मुक्तक सुनाए । जसमा अग्रजतर्फ शान्तिनारायण श्रेष्ठ, काजी रोशन, दिलिप दोषी, कृष्ण उदासी, लक्ष्मण थापा रहेका थिए । युवापुस्तातर्फ रुपिन्द्र प्रभावी, सञ्जीव पौडेल, असफल गौतम, प्राञ्जल, टुकादेवी आचार्य, सागर तिम्सिना, राजेन्द्र घिमिरे, अर्जुन अधिकारी, शिव त्रिपाठी, बिर्सना बस्नेत, मिथिला अधिकारी, वीरेन्द्र सायर, रविन ढकाल तथा नव पुस्तामा आर्या त्रिपाठी र सिचु सारुले मुक्तक सुनाए ।

समारोहमा पोखरा चेम्बर अफ कमर्श कास्कीका अध्यक्ष उमराज बास्तोला, लोकदोहोरी गायक रामजी पौडेल, संस्थाका वरिष्ठ उपाध्यक्ष अम्बिका ओझा, उपाध्यक्ष किरण ढकाल, कोषाध्यक्ष करणकपुर खनाललगायतले बोलेका थिए ।

मुक्तक उत्सव सफल पार्न सहभागी भएर योगदान पु¥याउने सम्पूर्ण मुक्तककारलाई प्रोत्साहनसहित सम्मान अर्पण गर्दै अध्यक्ष अम्बिका भण्डारीले कार्यक्रमलाई सफल पार्न प्रत्यक्ष, अप्रत्यक्ष सहयोग गर्ने सम्पूर्णप्रति कृतज्ञता ज्ञापन गरिन् ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->