बुधबार, भाद्र १० २०८३

बुधबार, भाद्र १० २०८३
  • १० भाद्र २०८३ , बुधबार
  • August 26 2026

निन्द्राभन्दा भारी सोचहरू

निन्द्राभन्दा भारी सोचहरू


  • जीवन पौडेल
  • बैशाख २७ २०८३, आइतबार

सुत्ने बेला अनेकथरी कुराहरू खेलिरहन्छन्,
शान्त रातमा मन आफैसँग बोलिरहन्छ ।
दिनभरि लुकाएका भावनाहरू निस्किन्छन्,
मौनभित्रै हजारौं शब्द खोलिरहन्छ ।
बिर्सन खोजेका यादहरू फेरि आउँछन्,
अधुरा सपना आँखामा नै डोलिरहन्छन् ।

निदाउन खोज्दा पनि निद्रा टाढा भाग्छ,
किनकी मन आफ्नै सोचमा अल्झिरहन्छ ।
बितेका पलहरू मनमै दोहोरिन्छन्,
समयले छोडेका छापहरू बोलिरहन्छन् ।
सधैं जस्तो लाग्ने यो रातको एकान्त,
भित्र कतै गहिरो कुरा पल्टाइरहन्छ ।

कहिले भविष्यको चिन्ता जागिरहन्छ,
कहिले बितेका दिनले मन तानिरहन्छ ।
आशा र डरबीचको अदृश्य खेलमा,
मन बारम्बार आफैसँग हारिरहन्छ ।
रातभरि सम्झनाको लहर चलिरहन्छ,
बिहान हुँदा उज्यालो आए पनि
मनभित्रको अँध्यारो त्यही रहिरहन्छ ।

जैमिनी–७ जैदी, बागलुङ

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->