शनिबार, कार्तिक १ २०८३

शनिबार, कार्तिक १ २०८३
  • १ कार्तिक २०८३ , शनिबार
  • October 17 2026

पण्डित मुक्तिनाथको आत्मकथा सार्वजनिक

पण्डित मुक्तिनाथको आत्मकथा सार्वजनिक


  • ढोरपाटन संवाददाता
  • असार १६ २०८३, मंगलबार

पोखरा/पोखराका शिक्षासेवी पण्डित मुक्तिनाथ तिमिसिनाको आत्मकथा केन्द्रित दोस्रो संस्करण सार्वजनिक भएको छ ।

मुक्तिनाथ स्मृति प्रतिष्ठान, पोखराले उनको ११३ औं जन्मजयन्तिको अवसर पारेर आइतबार सो कृति सार्वजनिक गरेको हो । कृतिको वरिष्ठ कलाकार दुर्गा बराल वात्सायनले लोकार्पण गरे । कार्यक्रममा बोल्दै उनले पण्डित मुक्तिनाथसँगको सहकार्यको स्मरण गर्दै, यस क्षेत्रको शैक्षिक तथा सामाजिक विकासमा उनको योगदान महत्वपूर्ण रहेको बताए । बरालले मुक्तिनाथको योगदान र सेवालाई चीरस्थायी बनाउन प्रतिष्ठानले भूमिका खेलेको बताए ।

प्रा.डा. श्रीधर न्यौपानेलेशिक्षा र समाज विकासको साधना साना तिना कुराले नहुने प्रष्ट पार्दै त्यो पाठ मुक्तिनाथ गुरुबाट सिक्न सकिने बताए । कृति जोकोहीका लागि पनि प्रेरणाको स्रोत बन्ने न्यौपानेको भनाइ छ । पोखरा र विशेष गरी बाटुलेचौर क्षेत्रमा तिम्सिनाको योगदान र उनको जीवनीका विषयमा संस्कृतिकर्मि रामबहादुर बानियाँले चर्चा गरेका थिए ।

कार्यक्रममा संविधान सभा सदस्य डिवी नेपाली, अधिकारकर्मी निलकण्ठ शर्मालगायतले तत्कालिन समाजमा पण्डित तिम्सिनाले गरेको सामाजिक र जातीय विद्रोहकै जगमा अहिले समाज बिस्तारै चेतनातर्फ लम्किएको बताए ।कार्यक्रममा तत्कालिन लेखनाथ नगरपालिकाका मेयर शालिग्राम पौडेल, पोखराका पूर्वमेयर भोला थापा, कवि दिनेश श्रेष्ठ, गीतकार तीर्थ तामाङ,प्रतिष्ठानका संस्थापक अध्यक्ष रमेश तिमिल्सिना, भीमसेन बस्नेतलगायतको सहभागिता रहेको थियो ।

प्रतिष्ठानका अध्यक्ष प्रकाश शर्माको अध्यक्षतामा भएको कार्यक्रममा स्वागत प्रतिष्ठानका सदस्य किरण तिमिल्सिना र संचालन सचिव पुष्पराज तिमिल्सिनाले गरेका थिए ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->