बुधबार, भाद्र १० २०८३

बुधबार, भाद्र १० २०८३
  • १० भाद्र २०८३ , बुधबार
  • August 26 2026

‘षोडश संस्कार र चाडपर्व’ पुस्तक विमोचन

‘षोडश संस्कार र चाडपर्व’ पुस्तक विमोचन


  • ढोरपाटन संवाददाता
  • असार १८ २०८३, बिहिबार

पोखरा/षोडश संस्कार र चाडपर्व पुस्तक विमोचन विमोचन भएको छ । पुस्तकको केदारेश्वर वैदिक गुरुकुलका पिठाधीश डा. चित्घन चैतन्य महाराजले गरे ।

धर्मशास्त्र आचार्य गंगाधर तिमिल्सिनाले लेखेको पुस्तक ‘षोडश संस्कार र चाडपर्व’ विमोचन गर्दै पिठाधीश चैतन्यले सनातन वैधिक धर्मालम्बीहरुले वेदको आदेशमा चल्नु पर्ने बताए । उनले वैधिक धर्मालम्बीको मुल आधार वेदले संस्कार र आचरणका बारेमा प्रष्ट धारणा दिएको बताए ।

उनले ‘षोडश संस्कार र चाडपर्व’ पनि मानिस जन्मेदेखि मृत्युसम्म गर्नुपर्ने संस्कारका बारेमा लेखिएको पुस्तक भएको बताए ।

कार्यक्रममा बाल्मिकी क्याम्पसका सहप्रध्यापक विश्वनाथ दवाडीले पुस्तकको समीक्षा गर्दै मानव जीवनका महत्वपूर्ण १६ संस्कार पुस्तकमा सरल भाषामा उल्लेख गरेको बताए । उनले गृहसूत्रमा ५६ संस्कारसम्म वर्णन गरेपनि मानव जीवनमा १६ संस्कारको महत्वपुर्ण भूमिका हुने बताए ।

पुस्तकका लेखक गंगाधर तिमिल्सिनाले मानव जीवनलाई उत्कृष्ट बनाउन पुस्तक उपयोगी रहेको बताए । उनले पुस्तकमा गर्भाधान संस्कार, पुंसवन, सीमन्तोन्तरयन संस्कार,नामकरण संस्कार, चूडाकर्म संस्कार, वेदारम्भ संस्कारलगायतका संस्कार र नेपालीहरु मनाउने प्रमुख चार्ड पर्वबारेमा उल्लेख गरेको बताए ।

पञ्चासे प्रज्ञामञ्चको संयोजनमा भएको कार्यक्रममा पञ्चासे प्रज्ञामञ्चका उपाध्यक्ष नारायण प्रसाद गौतमले तिमिल्सिनाका एउटा कृति प्रकाशन भएका अन्य कृतिहरु पनि लेखन कार्य भइसकेकाले छिट्टै प्रकाशन हुने बताए ।

कार्यक्रममा बैकुण्ठ तिमिल्सिनाले पुस्तक प्रकासनका बारेमा बताउँदै मानव जीवनलाई उपयुक्त भएका कारण प्रकाशनमा ल्याएको बताए । ८५ पुष्ठको पुस्तकमा १६ संस्कार र चाडपर्वका बारेमा उल्लेख गरिएको छ ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->