बुधबार, भाद्र १० २०८३

बुधबार, भाद्र १० २०८३
  • १० भाद्र २०८३ , बुधबार
  • August 26 2026

बागलुङमा २ सय १३ औं भानु जयन्ती मनाइयो

बागलुङमा २ सय १३ औं भानु जयन्ती मनाइयो


  • ढाेरपाटन संवाददाता
  • असार २९ २०८३, सोमबार

बागलुङ/आदीकवी भानुभक्त आचार्यको २ सय १३ औं जयन्ती बागलुङमा पनि विभिन्न कार्यक्रम गरी मनाइएको छ । धौलागिरि साहित्य प्रतिष्ठान बागलुङ, विद्यामन्दिर पुस्तकालय, सार्थक प्रकाशन, स्मृति प्रकाशन र नारी साहित्य समाजको संयुक्त आयोजनामा रचना वाचन तथा भानुचित्र लेखनको आयोजना गरी भानु जयन्ती मनाइएको हो ।

कार्यक्रममा वक्ताहरुले नेपाली साहित्यको उत्थान र श्रीवृद्धिका लागि भानुभक्त आचार्यले पु¥याएको योगदान स्मरण योग्य भएको बताए । कार्यक्रममा सार्थक प्रकाशनका अध्यक्ष युक्तप्रसाद सुवेदी, स्मृति प्रकाशनका उपाध्यक्ष रामचन्द्र शर्मा उन्मुक्त, चन्द्रबहादुर क्षेत्री ‘चन्द्रसूर्य’, ख्यामराज सुवेदी र गोविन्द सुवेदीले मन्तव्यसहित रचना बाचन गरेका थिए ।

१६ जनाले सहभागिता जनाएको भानुचित्र लेखनमा चन्द्रबहादुर क्षेत्री ‘चन्द्रसूर्य’ले बनाएको तस्विरलाई उत्कृष्ट छनौट गरिएको थियो । कार्यक्रम धौलागिरि साहित्य प्रतिष्ठानका अध्यक्ष काजी रोशनको अध्यक्षता, विद्यामन्दिर पुस्तकालयका अध्यक्ष रामचन्द्र शर्माको स्वागत र स्मृति प्रकाशनका सचिव ताराप्रसाद शर्माको संचालनमा सम्पन्न भएको थियो ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->