मंगलबार, भाद्र २३ २०८३

मंगलबार, भाद्र २३ २०८३
  • २३ भाद्र २०८३ , मंगलबार
  • September 8 2026

प्रवुद्द युवा समूहले तीन नृत्य प्रतियोगिता गर्ने

प्रवुद्द युवा समूहले तीन नृत्य प्रतियोगिता गर्ने


  • ढोरपाटन संवाददाता
  • भाद्र ११ २०८३, बिहिबार

बागलुङ/प्रबुद्द युवा समूह बागलुङको आयोजनामा भदौ २१ गते दोश्रो तीज नृत्य प्रतियोगिता हुने भएको छ । समूहले पत्रकार सम्मेलन गरेर उक्त जानकारी गराएको हो ।

गण्डकी प्रदेश स्तरीय हुने प्रतियोगितामा अहिलेसम्म २० वटा टिम सहभागि बन्ने पत्रकार सम्मेलनमा समूहका अध्यक्ष रोहित सुनारले जानकारी दिए । समूहले युवाहरुको जागरण, एकता र युवालाई रचनात्मक काममा लगाउन विभिनन क्रियाकलाप गर्दै आएको छ ।

समूहले ७ लाख ६८ हजार रुपैयाँ खर्च गरेर कार्यक्रम गर्न लागेको छ । यो प्रतियोगिताले कक्षा १२ सम्मका विद्यार्थीलाई गीत संगीतमा आकर्षित गर्नेछ । यो प्रतियोगितामा मौलीक प्रकृतिका गीत र नृत्यलाई मात्र सहभागि गराइने आयोजक समूहका अगुवा दिलीप प्रतेलले बताए ।

मौलीक तीज संस्कृति संरक्षण र प्रवद्र्धन गर्ने, विद्यालय तहका विद्यार्थीको प्र्र्रतिभा उजागर गर्ने, बिद्यार्थीमा सिर्जनशिलता आत्मविश्वास र नेतृत्व विकास गर्ने, विद्यालयबीच स्वस्थ्य प्रतिस्पर्धा र भाइचार अभिवृद्दि गर्ने, महिला सशक्तीकरण गर्ने जस्ता लक्ष्य राखिएको समेत पत्रकार सम्मेलनमा बताइएको थियो ।

प्रतियोगितामा प्रथम हुनेले ५५ हजार ५ सय ५५ रुपैयाँ, द्वितिय हुनेले २७ हजार ५ सय ५५ र तृतिय हुेले १५ हजार ५ सय ५५ रुपैयाँ पुरस्कार पाउनेछन् । यसअघि पनि समूहले चेतनामुलक कार्यक्रम, सिर्जनात्मक काम र बिपत लगायतमा सहयोग गर्दै आएको छ ।

हालै रसुवा र नुवाकोटमा आएको बाढी प्रभावितलाई राहत संकलन गर्ने लक्ष्यले समूहले १० हजार रुपैयाँ संकलन गरी राष्ट्रिय अभियानलाई सहयोग गर्ने घोषणा समेत गरेको छ ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->