बुधबार, असोज २८ २०८३

बुधबार, असोज २८ २०८३
  • २८ असोज २०८३ , बुधबार
  • October 14 2026

‘रुपै त अच्छै हो’ गीतको भिडियो सार्वजनिक

‘रुपै त अच्छै हो’ गीतको भिडियो सार्वजनिक


  • ढाेरपाटन संवाददाता
  • असोज २८ २०८३, बुधबार

बागलुङ/नेपाली लोकदोहोरी गीत ‘रुपै त अच्छै हो’ को भिडियो सार्वजनिक भएको छ । गीतमा गायिका समीक्षा अधिकारी र गायक नविश शर्माको स्वर रहेको छ ।

गीतका शब्द तथा लय नविश शर्माले तयार पारेका हुन् । भिडियोमा मोडल सुवास रुचाल र उषा उप्रेतीको अभिनय देख्न सकिन्छ । भिडियोको निर्देशन सुनिल बिकले गरेका छन् भने कोरियोग्राफी सियोन श्रेष्ठले गरेका छन् ।

गीतकी निर्माता सिर्जना पौडेल हुन् । सार्वजनिक गरिएको गीतको भिडियो ओएसआर डिजिटलको आधिकारिक युट्युब च्यानलमार्फत दर्शकमाझ आएको हो ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->