बिहिबार, असोज २९ २०८३

बिहिबार, असोज २९ २०८३
  • २९ असोज २०८३ , बिहिबार
  • October 15 2026

बागलुङका जगदीश र सागर कांग्रेस केन्द्रिय समितिमा निर्वाचित

बागलुङका जगदीश र सागर कांग्रेस केन्द्रिय समितिमा निर्वाचित

महाधिवेशनमा खस आर्य क्लष्टरबाट उपाध्याय र दलित क्लष्टरबाट परियार केन्द्रीय सदस्यमा निर्वाचित भएका हुन् ।


  • ढोरपाटन संवाददाता
  • असोज २९ २०८३, बिहिबार

बागलुङ / नेपाली कांग्रेसको केन्द्रीय कार्य समितिमा बागलुङका जगदीशचन्द्र उपाध्याय र सागर परियार निर्वाचित भएका छन् छ । कांग्रेसको १५औँ महाधिवेशनमा खस आर्य क्लष्टरबाट उपाध्याय र दलित क्लष्टरबाट परियार केन्द्रीय सदस्यमा निर्वाचित भएका हुन् ।

विशेष महाधिवेशनबाट केन्द्रीय सदस्य बनेका उपाध्याय पछिल्लो १५औं महाधिवेशनबाट पनि केन्द्रीय सदस्यमा निर्वाचित भएका छन् । उनको राजनीतिक यात्रा नेपाल विद्यार्थी संघबाट सुरु भएको थियो । नेपाल तरुण दलको केन्द्रीय सदस्यको जिम्मेवारीसमेत सम्हालेका उनीे बागलुङको जिल्ला समितिको उपसभापति समेत भएका थिए ।

जिल्ला सभापति पदमा दुई पटक प्रतिस्पर्धा गरेका उपाध्याय दुवै पटक पराजित भएका थिए । पार्टी निर्वाचनमा सफलता प्राप्त गर्न नसके पनि उनी कांग्रेसको राजनीतिमा निरन्तर सक्रिय रहँदै आएका छन् । यसपटक उनले पार्टी केन्द्रिय समितिमा नै निर्वाचित भएर इतिहास रचेका छन् ।

त्यस्तै कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत दलित क्लस्टरतर्फबाट केन्द्रिय सदस्यमा निर्वाचित परियार पनि विद्यार्थी राजनीतिबाट पार्टी राजनीतिमा सक्रिय भएका हुन् । दलित क्लस्टरतर्फका केन्द्रीय सदस्यको निर्वाचन परिणाम अनुसार परियारसहित आठ जना निर्वाचित भएका छन् । यो समूहमा आठ पदका लागि ३२ जना उम्मेदवार प्रतिस्पर्धामा थिए ।

दलित समुदायको प्रतिनिधित्व सुनिश्चित गर्ने पार्टीको समावेशी संरचनाअन्तर्गत परियारले केन्द्रीय सदस्यमा पहिचान बनाएका छन् । परियारको विजयलाई बागलुङ कांग्रेस ले संगठन निर्माणका लागि महत्वपूर्ण उपलब्धिका रूपमा हरेको छ ।

दलित क्लस्टरबाट परियारसहित डा. डीबी सुनार, हरिशरण नेपाली, शिवबहादुर सुनार, मन्जित ताम्राकार, राजु परियार, अम्मरबहादुर बराइली र दीपक सोनी केन्द्रीय सदस्यमा निर्वाचित भएका छन् ।

उपाध्याय र परियार केन्द्रीय सदस्यमा निर्वाचित भएसँगै बागलुङ कांग्रेसबाट केन्द्रीय तहमा प्रतिनिधित्व गर्नेको संख्या ४ पुगेको छ । यस अगाडि नै आदिवाशी जनजाती क्लष्टरबाट रेणुका काउचा मगर र भीम श्रीसमगर निर्वाचित भइसकेका छन् ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->