मंगलबार, कार्तिक २४ २०८३

मंगलबार, कार्तिक २४ २०८३
  • २४ कार्तिक २०८३ , मंगलबार
  • November 10 2026

घोप्टेभिरमा खसेको पहिरो पन्छाइयो, पृथ्वी राजमार्ग सञ्चालनमा

घोप्टेभिरमा खसेको पहिरो पन्छाइयो, पृथ्वी राजमार्ग सञ्चालनमा

पहिरो हटाएर सडक सञ्चालनमा ल्याउने लामो प्रयासपछि सडक सञ्चालनमा आएको जिल्ला प्रहरी कार्यालय चितवनका प्रमुख प्रहरी उपरीक्षक रामेश्वर पौडेलले जानकारी दिए।


  • ढोरपाटन संवाददाता
  • कार्तिक २४ २०८३, मंगलबार

पोखरा / पृथ्वी राजमार्गअन्तर्गत चितवनको इच्छाकामना गाउँपालिका–४ घोप्टेभिरमा फेरि सुख्खा पहिरो खस्दा दुईतर्फी अवरुद्ध भएको सडक केही बेरअघि सञ्चालनमा आएको छ । सोमबार दिउँसो आठ घण्टापछि सञ्चालनमा आएको सडक राति पुनः पहिरो खसेपछि अवरुद्ध भएको थियो ।

जिल्ला प्रहरी कार्यालय चितवनका अनुसार सोमबार राति ११ः१० बजे सडक माथिबाट सुख्खा पहिरो खसेपछि सडक अवरुद्ध भएको थियो । पहिरो हटाएर सडक सञ्चालनमा ल्याउने लामो प्रयासपछि सडक सञ्चालनमा आएको जिल्ला प्रहरी कार्यालय चितवनका प्रमुख प्रहरी उपरीक्षक रामेश्वर पौडेलले जानकारी दिए।

यसअघि सोमबार बिहान साढे ५ बजे पनि सोही स्थानमा सुख्खा पहिरो खस्दा पृथ्वी राजमार्ग अवरुद्ध भएको थियो । करिब आठ घण्टाको प्रयासपछि दिउँसो २ बजे सडक सञ्चालनमा आएको थियो।

घोप्टेभिर क्षेत्रमा लगातार पहिरो खस्दा तीन दिनदेखि पृथ्वी राजमार्गको यातायात प्रभावित हुँदैआएको छ । पटक पटक पहिरो खस्ने र सडक अवरुद्ध हुने समस्याले यात्रु तथा सवारीचालकले सास्ती खेप्नुपरेको छ। सडक सञ्चालनमा आए पनि अझै सुक्खा पहिरो खस्ने चिन्ता स्थानीयमा छ ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->