बुधबार, भाद्र १० २०८३

बुधबार, भाद्र १० २०८३
  • १० भाद्र २०८३ , बुधबार
  • August 26 2026

चीन-अमेरिकाबीचको अर्को वार्ता वासिङ्टनमा

चीन-अमेरिकाबीचको अर्को वार्ता वासिङ्टनमा


  • Dhorpatan News
  • फाल्गुन ५ २०७५, आइतबार

बेइजिङ, ५ फागुन – बेइजिङमा जारी चीन–अमेरिका व्यापार वार्ता आगामी हप्ता वासिङ्टनमा हुनेगरी टुङ्गिएको चिनियाँ राष्ट्रपति सी चिन फिङले शुक्रबार बताएका छन् । व्यापार वार्ताका लागि दुई पक्षबीच पुनः आगामी साता वासिङ्टनमा भेट हुनेछ, सीले अमेरिकी तथा चिनियाँ वार्ता टोलीका उच्च प्रतिनिधिसँगको भेटमा बताए । वार्ताका लागि अमेरिकी टोली बेइजिङ आएको र दुई दिन लामो वार्ता विवादका केही बिषयमा छलफल गरी टुङ्गिएको छ । यस पहिले चिनियाँ टोली अमेरिका पुगी विवाद समाधान प्रयास गरेको थियो । वासिङ्टनमा भएको वार्ता सकारात्मक भएको भन्दै दुई देशका उच्च नेताले यस अघि प्रतिक्रिया दिएका थिए । उनले भने, “मैले विश्वास गरेको छु दुवै समूहले कडा मेहनत गर्नेछ साथै व्यापारबारे देखिएका असमझदारीलाई आपसी लाभ र दुवै मुलुकको जीत हुने सहमतिमा पुर्याउनेछ ।”

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->