काठमाडौं / दुईदिने राजकीय भ्रमणका लागि भारत गएका प्रधानमन्त्री बालेन शाहलाई नयाँदिल्लीस्थित इन्दिरा गान्धी अन्तर्राष्ट्रिय विमानस्थलमा भारतीय वाणिज्य तथा उद्योग राज्यमन्त्री जितिन प्रसादले स्वागत गरेका छन्।
उनीसहितको प्रतिनिधिमण्डलको टोली सवार नेपाल एयरलायन्सको विमान केहीबेर अघि भारतको नयाँ दिल्लीस्थित इन्दिरा गान्धी विमानस्थलमा अवतरण गरेको हो ।
प्रधानमन्त्री शाह इन्दिरा गान्धी अन्तर्राष्ट्रिय विमानस्थलको टर्मिनल ३ बाट बाहिरिएका थिए। प्रधानमन्त्री शाह नेपाल वायुसेवा निगमको नियमित उडानबाट आइतबार दिउँसो नयाँ दिल्ली उत्रिएका हुन्।
शाहलाई जितिन प्रसादले स्वागत गर्दै भारतको स्थानीय नृत्य अवलोकन गराए। उनी मर्सिडिज गाडीमा होटल ताजमहल प्रस्थान गरेका छ्न्।

उनले आइतबारै साँझ ६ बजे विदेशमन्त्री एस जयशंकरसँग भेटवार्ता गर्दै छन्। शाहलाई भेट्न विदेशमन्त्री एस जयशंकर होटलमै पुग्नेछन्।
प्रधानमन्त्री शाह भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको मैत्रीपूर्ण निमन्त्रणामा नयाँ दिल्ली पुगेका हुन्। प्रधानमन्त्रीको स्वागतमा विमानस्थलमा विभिन्न झाँकी प्रस्तुत गरिएको थियो।





