काठमाडौं / प्रधानमन्त्री वालेन्द्र शाह (बालेन) आइतबार (मंसिर ६) भारत प्रस्थान गरेका छन् । बालेन नेपाल एयरलाइन्सको नियमित उडानबाट दिउँसो भारत प्रस्थान गरेका हुन् ।
बालेन भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको निमन्त्रणामा नयाँ दिल्ली गएका हुन् । प्रधानमन्त्रीको भ्रमण टोलीमा ३५ सदस्य रहेका छन् । प्रतिनिधिमण्डलमा अर्थमन्त्री डा. स्वर्णिम वाग्ले, परराष्ट्रमन्त्री शिशिर खनाल, प्रधानमन्त्रीका प्रमुख सल्लाहकार कुमार बेन्जनकारलगायत नेपाल सरकारका वरिष्ठ अधिकारी सहभागी छन् ।
प्रधानमन्त्री बालेनले भारतीय समकक्षी मोदीसँग भेटवार्ता गर्ने कार्यक्रम छ । भारतको विदेश मन्त्रालयले सार्वजनिक गरेको तालिका अनुसार, दुई प्रधानमन्त्रीबीच नयाँ दिल्लीको हैदरावाद हाउसमा भेटवार्ता हुनेछ ।
प्रधानमन्त्री शाहले आइतबार साँझ ६ बजे होटेल ताजमहलमा भारतीय विदेशमन्त्री डा. एस जयशंकरसँग भेटवार्ता गर्ने तालिका छ ।

सोमबार बिहान १० बजे राष्ट्रपति कार्यालयमा प्रधानमन्त्री शाहको औपचारिक स्वागत तथा भेटघाटको कार्यक्रम छ । त्यसपछि उनी श्रद्धाञ्जली अर्पण गर्न राजघाट पुग्नेछन् । राजघाटको कार्यक्रमपछि शाह र मोदीबीच भेटवार्ता हुनेछ ।
सोमबार मध्याह्न १२ बजेर २५ मिनेटमा सहमति तथा सम्झौता आदानप्रदान र संयुक्त पत्रकार सम्मेलनको कार्यक्रम तय गरिएको छ ।
भ्रमणका क्रममा दुई देशबीच सम्पर्क सञ्जाल विस्तार तथा ऊर्जा सहकार्यसम्बन्धी विभिन्न सम्पन्न परियोजनाहरूको उद्घाटन र नयाँ परियाजनाको शिलान्यास गर्ने कार्यक्रम रहेको छ ।
प्रधानमन्त्री शाहको भ्रमणका क्रममा दुवै देशका नेतृत्वबीच व्यापार, पारवहन, लगानी, ऊर्जा, सम्पर्क सञ्जाल तथा पूर्वाधार विकास लगायतका क्षेत्रमा आर्थिक सहकार्य अभिवृद्धि गर्ने विषयमा छलफल हुनेछ ।
त्यस क्रममा सहकार्यका क्षेत्र शिक्षा, स्वास्थ्य, कृषि, खेलकुद, विपद् व्यवस्थापन, मानव संसाधन विकासजस्ता विषय समेटिएका विभिन्न समझदारीपत्रहरू (एमओयू) पनि आदानप्रदान गरिनेछन् । त्यसबाट दुवै देशका प्राथमिकता प्राप्त क्षेत्रमा आपसी सहकार्य अझ विस्तार हुनेछ ।
भ्रमणका क्रममा नेपाल–भारत बिजनेस फोरमको छलफल कार्यक्रम आयोजना हुनेछ ।प्रधानमन्त्री शाहले सोमबार दिउँसो सवा ३ बजे राष्ट्रपति निवासमा भारतीय राष्ट्रपति द्रौपदी मुर्मूसँग भेटवार्ता गर्नेछन् । त्यसपछि अपराह्न ४ः५० बजे उनी नयाँ दिल्लीबाट स्वदेश प्रस्थान गर्ने कार्यतालिका छ ।
यी हुन् भारत भ्रमणमा रहेका ३५ सदस्यीय टोली:
१. प्रधानमन्त्री बालेन्द्र शाह
२. डा. स्वर्णिम वाग्ले, अर्थमन्त्री
३. शिशिर खनाल, परराष्ट्रमन्त्री
४. कुमार व्यञ्जनकार, प्रधानमन्त्रीका प्रमुख सल्लाहकार
५. असिम शाह, प्रधानमन्त्रीका राजनीतिक सल्लाहकार
६. विवेक मिश्र, प्रधानमन्त्रीका सूचना तथा सञ्चार प्रविधि सल्लाहकार
७. गोविन्दबहादुर कार्की, प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयका मुख्यसचिव
८. अमृतबहादुर राय, परराष्ट्र मन्त्रालयका सचिव
९. रुद्रसिंह तामाङ, उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयका सचिव
१० सुभाष शर्मा, प्रधानमन्त्रीका प्रमुख निजी सचिव
११. याङ्की उक्याब, लगानी बोर्ड नेपालका प्रमुख कार्यकारी अधिकृत
१२. जगदीश्वर पाण्डे, परराष्ट्रमन्त्रीका प्रेस सल्लाहकार
१३. प्रदीप परियार, प्रधानमन्त्रीका निजी सचिव
१४. गहेन्द्रराज भण्डारी, परराष्ट्र मन्त्रालयको दक्षिण एसिया महाशाखाका सहसचिव
१५. कुमारराज खरेल, परराष्ट्र मन्त्रालयका शिष्टाचार महापाल
१६. लोकबहादुर पौडेल क्षेत्री, परराष्ट्र मन्त्रालयका सहसचिव तथा प्रवक्ता
१७. अमृत लम्साल, अर्थ मन्त्रालयका सहसचिव
१८. सुभाष ढकाल, प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयअन्तर्गत सूचना प्रविधि तथा डिजिटल सुशासन कार्यालयका सहसचिव
१९. सुनील पौडेल, ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयका सहसचिव
२०. दीपा दाहाल, प्रधानमन्त्रीका सञ्चार व्यवस्थापन तथा अनुसन्धान संयोजक
२१. ललिता सिलवाल, परराष्ट्र मन्त्रालयको दक्षिण एसिया महाशाखाकी उपसचिव
२२. विजय राज तण्डुकार, परराष्ट्र मन्त्रालयको दक्षिण एसिया महाशाखाका उपसचिव
२३. लोचन पौडेल, परराष्ट्रमन्त्रीका प्रमुख निजी सचिव
२४. दीपकराज निरौला, परराष्ट्र मन्त्रालयका शिष्टाचार अधिकृत
२५. मनोज गैरे, परराष्ट्र मन्त्रालयको दक्षिण एसिया महाशाखाका शाखा अधिकृत
२६. लेफ्टिनेन्ट कर्णेल बालमुकुन्द बिष्ट, प्रधानमन्त्रीका प्रमुख सैनिक सहयोगी (एडीसी)
२७. मेजर सुशील बानियाँ, प्रधानमन्त्रीका सुरक्षा अधिकृत
२८. प्रहरी नायब उपरीक्षक (डीएसपी) दिपेश बस्याल, प्रधानमन्त्रीका सुरक्षा अधिकृत
२९. विनय शाक्य, प्रधानमन्त्रीका निजी उपसचिव (सञ्चार)
३०. तारा हमाल ढुंगाना, गोरखापत्रकी संवाददाता
३१. कमल कुमार बस्नेत, राष्ट्रिय समाचार समिति (रासस) का संवाददाता
३२. अशोक कुमार बस्नेत, नेपाल टेलिभिजन (एनटीभी) का भिडियोग्राफर
३३. प्रेमराज गौतम, परराष्ट्र मन्त्रालयका उपशिष्टाचार महापाल
३४. मेजर रोशन केसी, प्रधानमन्त्रीका सैनिक सहयोगी (एडीसी)
३५. मुकेश डंगोल, क्यान डाइरेक्टर जनरल





