शनिबार, कार्तिक १ २०८३

शनिबार, कार्तिक १ २०८३
  • १ कार्तिक २०८३ , शनिबार
  • October 17 2026

जापानी प्रधानमन्त्रीद्वारा ट्रम्पको नाम नोबेल शान्ति पुरस्कारका लागि सिफारिस

जापानी प्रधानमन्त्रीद्वारा ट्रम्पको नाम नोबेल शान्ति पुरस्कारका लागि सिफारिस


  • Dhorpatan News
  • फाल्गुन ६ २०७५, सोमबार

जापान – वासिङ्टनको अनुरोधमा अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पलाई नोबेल शान्ति पुरस्कारका लागि जापानी प्रधानमन्त्री सिन्जो आवेले मनोनयन गरेको एक जापानी पत्रिकाले आफ्नो आइतबारको संस्करणमा उल्लेख गरेको छ। गत बर्षको जुन महिनामा उत्तर कोरियाली नेता किम जोङ उनसँगको महत्वपूर्ण शिखर सम्मेलन गरेपछि ट्रम्पको नाम मनोनयन गर्न सम्भावना भएको वासिङ्टनले भनेको एक जापानी सरकारी स्रोतले जानकारी दिएको जापानी पत्रिका आसाही शिम्वुनले लेखेको छ। अमेरिकी राष्ट्रपति ट्रम्पले गत शुक्रबार आफ्नो नाम शान्ति पुरस्कारका लागि जापानी प्रधानमन्त्री आवेले मनोनयन गरेको बताएपछि उक्त रिपोर्ट बाहिर आएको हो। आबेले नोबेल शान्ति पुरस्कार समितिलाई पठाएको पाँच पाना लामो पत्रको प्रतिलिपी आफूलाई पठाएको अमेरिकी राष्ट्रपति ट्रम्पले बताएका छन्। पत्रमा प्योङयाङसँग चलेको तनावलाई शान्त बनाउन ट्रम्पले खेलेको योगदानको प्रशंसा गरिएकाे छ। एजेन्सी

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->