बुधबार, भाद्र १० २०८३

बुधबार, भाद्र १० २०८३
  • १० भाद्र २०८३ , बुधबार
  • August 26 2026

पलुवामा झडप, चारजना भारतीय सुरक्षाकर्मीको मृत्यु

पलुवामा झडप, चारजना भारतीय सुरक्षाकर्मीको मृत्यु


  • Dhorpatan News
  • फाल्गुन ६ २०७५, सोमबार

काठमाडौं , ६ फागुन- जम्मु-काश्मिरको सोमबार बिहान फेरि गोली हानाहान हुँदा भारतीय सेनाका चार जना मारिएका छन् । एक जना सैनिक घाइते भएका छन् । पुलवा जिल्लाको पिंगलेना भन्ने स्थानमा विद्रोही लडाकुहरु लुकेर बसेको सूचना पाएपछि सेना सो क्षेत्रमा परिचालित भएको थियो । त्यहीबेला गोली हानाहान भएको हो ।

अहिले गोली चल्न रोकिए पनि सेनाले घेराबन्दी गरेर अपरेशन जारी राखेको छ । प्रहरीका अनुसार सेनाका ५५ आरआर, सीआरपीएफ र एसओजीले संयुक्त अपरेशन सुरु गरेका छन् । गत हप्ता बिहीबार सेनाको एक टुकडीमा विद्रोहीले आक्रमण गरेपछि सेनाको संयुक्त टिमले कारबाही अभियान चलाइरहेको छ । केही शंकास्पद क्षेत्रमा सेनाले वार्निङ्ग फायरिङ्ग गरेको थियो । त्यसको जवाफमा लडाकुहरुले पनि गोली चलाए । यस बेला पनि भारतीय सेनाका एक मेजरसहित चार जना मारिएका थिए । मारिनेमा लडाकुहरु लुकेको घरको मालिक पनि थिए ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->