बुधबार, भाद्र १० २०८३

बुधबार, भाद्र १० २०८३
  • १० भाद्र २०८३ , बुधबार
  • August 26 2026

भुवन प्यासीको मार्मिक गीत ‘माईली’मा अन्जली अधिकारी (भिडियो)

भुवन प्यासीको मार्मिक गीत ‘माईली’मा अन्जली अधिकारी (भिडियो)


  • Dhorpatan News
  • फाल्गुन ६ २०७५, सोमबार

काठमाडौं , ६ फागुन – गीत संगीतमा आफ्नो भिन्दै पहिचान बनाउन सफल गायक भुवन प्यासीको नयाँ गीतको भिडियो सार्वजनिक भएको छ। ‘माईली’ बोलको निकै मार्मिक गीतमा गायक भुवन प्यासीको नै शब्द र संगीत रहेको छ। गीतमा भुवन प्यासीलाई स्वरमा सुरुचि पन्थीले साथ दिएकी छिन्। परदेशमा काम गरेका श्रीमानले आफ्नो श्रीमतीको सम्झनामा झारेको आँशु र वेदना भिडियोमा देख्न सकिन्छ। निकै मार्मिक गीतको भिडियोमा पछिल्लो समय निकै चर्चामा रहेकी मोडल अन्जली अधिकारीको अभिनय रहेको छ। गीतमा अन्जलीसँगै गायक प्यासीको पनि अभिनय रहेको छ। गीतको म्युजिक भिडियो निकेश खड्काले निर्देशन गरेका हुन्। उत्तम हुमागाईको छायांकन रहेको यस गीतमा सन्तोष सुनारको ड्रोन चलाएका हुन्। भिडियोलाई विकास धमलाले सम्पादन गरेका हुन्। गायक भुवन प्यासीको ‘हल्का हल्का’, ट्राफिक जाम जस्ता सफल गीतहरु बजारमा लिएर आईसकेका छन्।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->