शनिबार, कार्तिक १ २०८३

शनिबार, कार्तिक १ २०८३
  • १ कार्तिक २०८३ , शनिबार
  • October 17 2026

ट्रम्प भन्छन् – चीन र अमेरिकाले चाँडै व्यापारिक सम्झौता

ट्रम्प भन्छन् – चीन र अमेरिकाले चाँडै व्यापारिक सम्झौता


  • Dhorpatan News
  • फाल्गुन ११ २०७५, शनिबार

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प चीनसँग भइरहेको व्यापारिक वार्ता सम्झौतासम्म पुग्नेमा आशावादी देखिएका छन्। चीनका भाइस प्रिमियर लिउ हेसँग ओभल अफिसमा भेटका क्रममा ट्रम्पले उक्त आशा व्यक्त गरेको अमेरिकी मिडियाले बताएका छन्। ‘चीनसँग सम्झौता हुनेमा म र उनीहरु (चिनियाँ पक्ष) दुवै राम्रो सोचिरहेका छौँ’, ट्रम्पले मिटिंगका क्रममा भने, ‘यसमा धेरै प्रगति पनि भइरहेको छ। साथै ट्रम्पले चिनियाँ राष्ट्रपति सि जिनपिंगसँग भेटेर सम्झौतालाई अन्तिम रुप दिने योजना बनाइरहेको पनि चिनियाँ प्रतिनिधिमण्डलसँगको भेटका क्रममा बताए। उक्त वार्ता सम्भवतः अर्को महिना फ्लोरिडास्थित ट्रम्प निवास मा–रा–लागोमा हुनेछ। अमेरिकाका वाणिज्य सचिव स्टिभन नुचिनले पनि लिउ हे र उनको टोलीले वार्ताको लागि थप समय लम्ब्याउन सहमत भएको बताए।
अहिले चीन र अमेरिकाबीच व्यापार युद्ध तन्काउने पक्षमा छैनन्। अमेरिका र चीनबीच पछिल्लो समय ट्रम्प राष्ट्रपति भएयता व्यापारिक तनाव देखिँदै आएको छ। खासगरी अमेरिकी प्रविधिको चीनले नक्कल गरी अमेरिकालाई घाटा पुर्याएको आरोप उसको छ। यता चीनले भने उक्त आरोपको खण्डन गर्दै आएको छ। तनाव चर्किँदै जाँदा अमेरिकाले चिनियाँ वस्तु आयातमा कर बढाएको थियो भने चीनले पनि अमेरिकाबाट आयातित वस्तुमा कर बढाएको थियो। विश्वकै दुई ठूला देशबीच व्यापारयुद्ध जारी रहँदा विश्व अर्थतन्त्र नै असन्तुलित हुने भएकाले पनि सर्वत्र दुवै देशबीच सम्झौता भएको हेर्न विश्वका अन्य राष्ट्रहरु पनि आतुर देखिन्छन्। वार्ता भइरहे पनि अझै कतिपय पेचिला मुद्दाहरुमा सहमति हुनै बाँकी रहेको बताइन्छ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->