शनिबार, कार्तिक १ २०८३

शनिबार, कार्तिक १ २०८३
  • १ कार्तिक २०८३ , शनिबार
  • October 17 2026

भेनेजुयला संकट : भागेका सैनिकलाई परिवारको चिन्ता

भेनेजुयला संकट : भागेका सैनिकलाई परिवारको चिन्ता


  • Dhorpatan News
  • फाल्गुन १३ २०७५, सोमबार

कारकस,
कोलम्बिया भागेका भेनेजुयलाका सैनिकहरु आफ्नो परिवारमाथि राष्ट्रपति निकोलस मदुरो नेतृत्वको सरकारबाट सुरक्षा खतरा बढ्‍ने भन्दै चिन्ता व्यक्त गरेका छन्। बीबीसीसँग कुरा गर्दै २३ वर्षीय एक सैनिकले भने, ‘राष्ट्रपति मदुरो समर्थकहरुले मेरो परिवारमाथि हमला गर्न सक्छ र उनीहरुलाई पनि देश निकाला गर्न सक्छ।’ उनले थपे, ‘तर मैले गरेको निर्णय एकदम ठिक हो जस्तो लागिरहेको छ।’ शनिबार राहत सामग्री ल्याउने क्रममा ज्यान लिने गरी भएको हमलापछि करिब एकसयभन्दा बढी सैनिकहरु देश छोडेर कोलम्बिया भागेका थिए।  राष्ट्रपति मदुरोले सेना पठाएर ब्राजिल र कोलम्बिया सीमा क्षेत्रका सम्पूर्ण सडक सञ्‍जाल तथा पुलहरुमा प्रतिबन्ध लगाएपछि तनाव उत्पन्न भएको थियो। अमेरिकाले पठाएको राहत स्वरुप खाद्यान्ह तथा ओषधी भित्रिन थालेपछि सीमा क्षेत्रमा प्रतिबन्ध लगाएको थियो। विभिन्न चेक पोइन्टहरुबाट मदुरोको विपक्षमा आवाज उठाउने आन्दोलनकारी तथा स्वयंसेवकहरुमाथि सुरक्षाकर्मीले अश्रुँ ग्यास प्रहार गरेको थियो।  ड्युटी स्थलबाट हतियार छोडेर भागेको एकदिपछि उनीहरु कवलम्बियाको एक चर्चमा शरिरमा चोटपटक लागेको अवस्थामा भेटिएका थिए। उनीहरु भेनेजुयलाको त्यो आतंकित दृश्यहरु सम्झेर निकै अत्तालिएका थिए। भागेका सेनाहरुले भेनेजुयलामा परिवर्तन आवश्यक भएको र आफ्ना बालबालिकालाई खानाको जोहो गर्न भाग्‍न बाध्य भएको बीबीसीलाई बताएका छन्। एक सैनिकले आफ्नो परिवारमा फोन गर्दै रोइरहेका थिए। ‘उच्च स्थानमा रहेकाहरु भ्रष्टाचारले पोतिएका छन् र शक्तिमा रहिरहनका लागि मदुरो लडिरहेका छन्,’ एक सेनाले भने, ‘तर, मदुरोले विश्‍वास गुमाइसकेका छन् र जुयन गुएदोको समर्थकहरु बढीरहेका छन्।’नाम नखुलाउने शर्तमा २९ वर्षीय एक सेनाले भने, ‘हामीजस्तै अधिकांश सुरक्षाकर्मीहरु भाग्न चाहान्छन्। तर, केही भ्रष्ट अधिकारीको प्रत्यक्ष निगरानीमा भएकोले उनीहरु भाग्‍न सकेका छैनन। यसले मदुरोलाई ठूलो धक्का लाग्नेछ।’ उनले थपे, ‘हामी दास भएर बस्न सक्दैनौं, हामी स्वतन्त्र हुन चाहान्छौं।’ एक महिला सैनिकले भनिन्, ‘मैले बिना कारण आफ्नै नागरिकलाई चोट पुर्‍याउन चाहिन र मैले भाग्‍ने निर्णय गरे। मेरो छोरी अझै पनि भेनेजुयलामा छ। जसले गर्दा मलाई निकै पीडा हुन्छ। तर, पनि मैले उसैका लागि देश छोडेको हो। डर लागिरहेको छ, उनीहरुले मेरो छोरीलाई के गर्छन् ? आइतबार अमेरिकी विदेशमन्त्री माइक पोम्पियोले भेनेजुयलाका राष्ट्रपति मदुरोको दिन गिन्ती सुरु भइसकेको बताएका थिए। बीबीसी

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->