बुधबार, भाद्र १० २०८३

बुधबार, भाद्र १० २०८३
  • १० भाद्र २०८३ , बुधबार
  • August 26 2026

‘मायालुलाई जात्रैमा भेटियो’ (भिडियो)

‘मायालुलाई जात्रैमा भेटियो’ (भिडियो)


  • Dhorpatan News
  • फाल्गुन १४ २०७५, मंगलबार

पोखरा, १४ फागुन – नेपाली सिनेमाकी प्रथम नायिका भुवन चन्दको निर्माण डेब्यू ‘साईनो’को गीत रिलिज गरिएको छ। सोमबार राजधानीमा एक कार्यक्रमकाबिच सिनेमाको गीत रिलिज गरिएको हो। रिलिज गरिएको ‘मायालुलाई जात्रैमा भेटियो’  बोलको गीत बसन्त सापकोटाले संगीत दिएका हुन्। वरिष्ठ गीतकार चेतन कार्कीले लेखेको गीतमा मेलिना राई तथा प्रताप दासको स्वर रहेको छ। गीतमा रामजी लामिछानेले कोरियोग्राफी गरेका छन्।  रमेश थापाको निर्देशकिय डेब्यू सिनेमा आगाम वर्ष जेठ १० गते रिलिज हुनेछ। प्रेमकथामा आधारित सिनेमाको यस गीतमा मिरूना मगर र अभिनेता राजकुमारले नाचेका छन्। सिनेमामा मिरूना र राजकुमारका अलावा यसमा नीता ढुंगाना, भुवन चन्द, मदनदास श्रेष्ठ, राजा राजेन्द्र पोखरेल, बसुन्धरा भुषाल, रोयदीप श्रेष्ठ, धमेन्द्र आचार्य, विशाल पहाडी, वसुकला मैनालीलगायतका कलाकारहरुको पनि अभिनय छ । कार्यकारी निर्मातामा शरण थापा रहेको सिनेमालाई अभिमन्यू ‘निरवी’ ले लेखेका हुन्।
भिडियो :

 

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->