आइतबार, कार्तिक २ २०८३

आइतबार, कार्तिक २ २०८३
  • २ कार्तिक २०८३ , आइतबार
  • October 18 2026

‘सलल बग्ने गण्डकी’ सार्वजनिक

‘सलल बग्ने गण्डकी’ सार्वजनिक


  • Dhorpatan News
  • चैत्र ८ २०७५, शुक्रबार

पोखरा, ८ चैत – नेपाली लोक तथा दोहोरी गीत संगीतका अनुरागीहरु माझ गायक निश्चल गुरुङ र गायिका भिमा गुरुङको आवाजमा सजिएको निकै घत लाग्दो गीत ‘सलल बग्ने गण्डकी नदी’ बजारमा आएको छ। राजु तोलाङगी गुरुङको शब्द तथा लय सिर्जनमा निकै रमाइलो पारामा माया प्रेमका जुहारी समेटिएको लोक गीतमा मौलिक भाकालाई समेटिएको छ। सालैजो भाकामा तयार गरिएको गीतमा मौलिक लोक शब्द लाई प्रचुर मात्रामा प्रयोग गरिएको छ। गीतमा विश्वास नेपालको एरेन्ज रहेको छ। विकास तामाङको छायाँकन, निरोत्तम पाण्डेको सम्पादन, सुजन सुर्खेती गोरखालीको निर्देशनमा भिडियो तयार गरिएको छ। ‘सलल बग्ने गण्डकी नदी’ गीतको भिडियोमा सुजन र रिनुको निकै लोभलाग्दो अभिनय रहेको छ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->