काठमाडौं, फ्राइडे रिलिज अन्तरगत आज दुईटा नेपाली चलचित्र रिलिज हुने भएका छन् । चलचित्र ‘साईँली’ र ‘सुभ लभ’ एकै दिन रिलिज हुने भएका हुन् । ‘साईंली’मा मुख्य भूमिका गौरव पहारी, मेनुका प्रधान, दयाहाङ राई, माओत्से गुरुङ लगायत कलाकार छन् । रामबाबु गुरुङले चलचित्रको निर्देशन गरेका छन् । कथा पनि गुरुङ स्वयम्ले लेखेका छन् ।
ज्योतिषका रुपमा चर्चित हरिहर अधिकारी ‘शुभ लभ’मा नायकको भूमिकामा छन् । अधिकारीको अपोजिटमा क्रिष्टिन पौडेल छिन् । उनीहरु दुबैको यो डेब्यू चलचित्र हो । नम्रता सिम्खडा, राजाराम पौडेल, सरोज खनाल, रविन्द्र झा लगायत कलाकार मुख्य भूमिकामा छन् । सन्तोष बाबु लोहनीले निर्देशन गरेको चलचित्रको कथा हरिहर अधिकारी स्वयम्ले लेखेका हुन् ।





