बुधबार, भाद्र १० २०८३

बुधबार, भाद्र १० २०८३
  • १० भाद्र २०८३ , बुधबार
  • August 26 2026

बोल्ने भाँडो मन फाँडो

बोल्ने भाँडो मन फाँडो

लघुकथा


  • शिवप्रसाद पाण्डे
  • जेष्ठ ११ २०७६, शनिबार

बुबाको क्रियाकर्म सकिएको भोलिपल्ट स्व. सुबोधको घरमा मानिसहरुको चहल पहल देखियो । म त्यो बाटो जाँदै गर्दा कसैले बोलायो । घरको पिडिमा एकातिर छ सात जनाको पुरुष समूह थियो भने अर्को्तिर त्यति नै संख्याको महिला समूह थियो । ती दुबै समूहमा एकै प्रकृतिको बिषयवस्तुमा छलफल भैरहेको रहेछ ।
हरिले आफ्ना भन्जाको सहयोगमा आफु क्रियामा बस्दा भेटी लिएर भेट्न आउने व्यक्तिहरुको नामावली केलाई रहेका थिए । उनका कान्छा बुबाका छोराले हरिको मोवालइलमा भएका श्रध्दाञ्जली र समवेदनाका कमेन्ट तथा लाइक जाँच गरिरहेका थिए । दुबै जाँचले बावुराम यो प्रक्रियामा समावेश नभएको निष्कर्ष निकालियो । बरु बावुरामले कसैले हरिको बाबुको निधनमा दिएको समवेदनाको कमेन्टमा खुसी हुदा दिने हाँसेर थपडि बजाएको इमोजी पोष्ट गरेको पाइयो । मैले नौ दिनको दिन उनले भेटी छोडि हतारिदै घर फर्कदै गर्दा बाटोमा भेटेको कुरा गरे । भेटी छोड्न होइन बरु बुढी बाख्री खोज्न गाउँ पसेको हुन सक्ने तर्क राखियो । हरि शौचालय गएको बेला उनी हरिको घरमा आएको हुन सक्छ । हरिको भान्जाले नियतवश नाम नटिपेको हुन सक्ने सम्भावना देखियो किनभने हरिको भान्जा र बावुरामवीच झगडा रहेको सुनेको थिए ।

अर्को्तिर हरिकी श्रीमतीले मतिर हेरी आफ्नो दुखेसो सुनाई रहेकी थिइन् । उनी मेरो कुनै बेला विद्यार्थी थिइन्। “ मैले यति गर्दा गर्दै सासु आमाले मलाई अल्छी, पाहुनापाछालाई बेवास्ता गर्ने, ससुरा बा बित्दा कुनै दुस्ख मनाउ नगर्ने भन्नु भएको छ । बरु मसैलाई भनेको भए हुन्थ्यो, सानिमालाई भन्नु भएको छ ।“ सानिमा आफ्नै घरमा जुठो परेकाले भेट्न आउनु भएको थिएन नि, कसरी भन्नु भयो यस्तो कुरा मैले उनलाई सोधे । सासु आमाले फोनबाट भन्नु भएको छ उनीले भनिन् । हरिकी आमा पनि आँखा भरी आँसु लिदै भन्न थालिन( मैले एउटै बुहारीलाई छोरी जस्तै ठानेकी छु । मैले कहिल्यै नराम्रो वचन बोलिकी छैन । बुढा बितेर उम्केको भोलि पल्ट यस्तो फतुरा आइ लाग्ने, हरे शिब म अभागिनी ! खै ल्याउनुहोस हजुरको मोवाइल हो कि होइन, हरिकी श्रीमतीले भनिन् । मोबाइलको कल रेकर्ड सुनेको थाहा लाग्यो । यो रेकर्ड सुन्नु सुनाउनु अनुचित ठानी मैले आधुनिक प्रविधिले निम्ताउन सक्ने समस्या बारे आफ्नो कुरा राखे ।
कल डाइभर्स गरेर, कल रेकर्ड सुनेर, ग्रुपमा समावेश भई अर्कोसंग गरेको कुरा प्रत्यक्ष र पछि पनि सुन्न सकिन्छ । यसरी कुनै व्याक्तिको बारे पछाडि कुरा काट्नु राम्रो कुरा हुँदै होइन । अझ अरुले गरेका कुरा अप्रत्यक्ष रुपमा सुन्नु अनैतिक कार्य हुन्छ । तिमी त शिक्षक भै सकेकी छौ । कक्षा कोठामा सि सि क्यामारा राखि अप्रत्यक्ष रुपमा विद्यार्थीको निगरानी गर्नु समेत राम्रो र सभ्य कार्य मानिदैन । मेरो कुराले सासू बुहारी दुबैलाई छोए जस्तो अनुहारबाट झल्किरहेको थियो । हरि पनि मेरा कुरा ध्यान दिएर सुनिरहेका थिए । मैले उनलाई हेर्दै कुरा थप्दै गए । बावुरामले सुबोध दाइको मृत्युुमा खुसी भएको इमोजी पोष्ट गर्नै मिल्दैनस गरेकै होइन । बावुरामले मोवाइलका धेरै कार्य बारे थाहै छैन । तर उनले आफु अजासु भएको ढोक गर्दछन् । उनले आफ्नो मोवाइल चार वर्षे छोरालाई भुलाउन दिने गर्दछन् । उनको छोराले खेलाउदै जादा हाँसेको इमोजी थिचे होला । समवेदनाको एउटा कमेन्ट कपि गरि पोष्ट गर्ने जतिको हैसियत दुई घण्टा आवतजावत गरि भेटी छोडने बावुरामको नभएको हुन सक्छ । एकक्षण त्याँहा मौनता छायो ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->