बुधबार, भाद्र १० २०८३

बुधबार, भाद्र १० २०८३
  • १० भाद्र २०८३ , बुधबार
  • August 26 2026

सर्जक बिबि अनुरागीको ‘तिम्रै झल्को’ को परिचर्चामा मुख्यमन्त्री गुरुङको गर्जन

सर्जक बिबि अनुरागीको ‘तिम्रै झल्को’ को परिचर्चामा मुख्यमन्त्री गुरुङको गर्जन


  • Dhorpatan News
  • असार १५ २०७६, आइतबार

पोखरा, १५ असार – गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वीसुव्वा गुरुङले गण्डकी प्रदेशमा कला, साहित्य र संस्कृतिको प्रचूर सम्भावना भएकाले प्रदेश सरकार यसको प्रवद्र्धन लागेको वताएका छन । यसको प्रवद्र्धनका लागि अव छिट्टै गण्डकी प्रज्ञा प्रतिष्ठान गठन गरिनेछ, मुख्यमन्त्री गुरुङले भने, हाललाई ललितकला र नाट्य प्रतिष्ठान नभइ सबैलाई समेट्ने गरी गण्डकी प्रज्ञा प्रतिष्ठान गठन गर्दैछौ ।’ अन्तर्राष्ट्रिय गीत संगीत मञ्च पोखराले शनिवार यहाँ आयोजना गरेको संगीतकार, गायक, एवं गीतकार बीबी अनुरोगीको गीतसङ्ग्रह ‘तिम्रै झल्को’ को परिचर्चा कार्यक्रममा बोल्दै गुरुङले आफू मुख्यमन्त्री बनेयता पहिलो पटक पोखरेली स्रष्टालाई एकैथलोमा भेट्न पाएकोमा खुसी ब्यक्त गरे ।
परिचर्चामा बोल्दै मुख्यमन्त्री गुरुङले साहित्य, कला, संस्कृतिको विकास भएको देशमा सभ्यताको पनि विकास हुने वताउदै त्यसका लागि आफुहरु विशेष कार्यक्रमसहित गण्डकी प्रज्ञा प्रतिष्ठान गठन गर्ने अभियानमा लागेको वताए । प्रदेशको विकासमा आफूले चार ‘स’ लाई प्राथमिकता दिएको बताउदै उनले शान्त, सुन्दर, सभ्यता र समृद्ध प्रदेश निर्माण गर्ने अभियानमा आफुहरु जुटेको उल्लेख गरे। नेपाललाई एकताको सूत्रमा बाँध्ने पृथ्वीनारायण शाह गण्डकी प्रदेशमै जन्मिएको उल्लेख गर्दै गण्डकी प्रदेश राष्ट्रकवि माधवप्रसाद घिमिरे, जनकविकेशरी धर्मराज थापा, कविशिरोमणि लेखनाथ पौड्याल, आदिकवि भानुभक्त आचार्य लगायतको जन्मस्थल भएको वताए । उनले पोखरास्थित क्षेत्रीय संग्रहालयलाई गण्डकी प्रदेश संग्रहालयको रुपमा विकास गरी संरक्षणको लागि १ करोड रुपैयाँ विनियोजन गरिएको जानकारी दिए ।
कार्यक्रममा मुख्यमन्त्रीका राजनीतिक सल्लाहकार एवं साहित्यकार गोबिन्द नेपालीले संगितकार विवि अनुरागीसङगको बिगत स्मरण गर्दै उनी प्रदेशको नै गर्विलो श्रष्टा भएको बताए । साहित्यकार असफल गौतमले कृति समीक्षा गर्दै नेपाली वाङ्मयिक क्षेत्रमा बीबी अनुरागीको छुट्टै पहिचान भएको उल्लेख गरे । उनले अनुरोगीलाई बहुआयायिक व्यक्तित्वको रुपमा प्रष्ट्याए । गजलकार अनुराग अधिकारी र जरो टुप्पो संरक्षण साहित्य समाजका सचिव मदन भण्डारीले अनुरागीको परिचय गर्विलो भएको वताए ।
कार्यक्रममा सर्जक बीबी अनुरागीले पोखरा आफ्नो लागि शुरुवाती कर्मभूमि भएको बताउदै आफुले बिताएको जीवनको संघर्षका मोड मोडमा साथ सहयोग दिनेहरुको यो जमघटमा भेट भएको स्मरण गरे । उनले विगत स्मरण गर्दै गर्वका साथ भने, पिताले आरने काम गर्नु हुन्थ्यो मैले फुर्सदमा सघाउथे । बाबा बिते पछि पढाइ छाडेर एक बर्ष बाबाको बिस्ट धानेर बसे । म अझै पनि दुख पर्दा आरने काम गरेर खान सक्छु । आफ्नो सांगीतिक यात्रामा आफूले कही न कही पोखरालाई जोड्ने गरेको अनुरागीले वताए । बागलुङ भकुण्डेका अनुरागीले उच्च शिक्षाक्रममा पृथ्वीनारायण क्याम्पस पढ्दा केही वर्ष यहाँको सुन्दरताबीच कला फस्टाउने अवसर पाएका थिए । ०५५ सालमा रेडियो नेपालको आधुनिक गीत प्रतियोगितामा ‘उडेर जून छुन्छु भन्थे’ बोलको गीतबाट एकाएक चर्चामा आएका हुन् । राजकुमार बगरको गीत, रामभक्त जोजिजुको गायन रहेको सो गीतमा उनले संगीत भरेका थिए ।
कलाकारिताको क्रममा विभिन्न परिचय स्थापित गर्न सफल उनले बीबी अनुरोगी संगीत सेवा समाजको प्रकाशनमा गीतसङ्ग्रह ‘तिम्रै झल्को’ बजारमा ल्याएका हुनु् । सङ्ग्रहमा शुरुवातीका र नयाँ गरी १ सय २६ गीत समेटिएका छन् । थुप्रै एल्बम बजार ल्याइसकेका उनले डेढ दर्जन फिल्ममा संगीत दिइसकेका छन् । यस्तै आधुनिक, लोकदोहोरी, पप, भजन लगायत विभिन्न विधामा उनले संगीत कला उत्कृष्ट छ भने दर्जनौं सम्मानबाट सम्मानित भैसकेका छन् ।
अन्तर्राष्ट्रिय गीत संगीत मञ्चका संयोजक नवराज बरालको अध्यक्षतामा भएको कार्यक्रमको संचालन मञ्चका महासचिव सुमन श्रापितले गरेका थिए ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->