शनिबार, कार्तिक १ २०८३

शनिबार, कार्तिक १ २०८३
  • १ कार्तिक २०८३ , शनिबार
  • October 17 2026

‘भानु–जयन्ति’

‘भानु–जयन्ति’


  • Dhorpatan News
  • असार २९ २०७६, आइतबार

मंगला देवी श्रेष्ठ

असार मास जन्म दिन तिम्रो,
सम्झना आईरहने,
श्रद्धा को फुल अर्पण गर्छु 
सगुन समझेर 
१
साहित्य ज्याति लिएर भानु 
यो विश्व मै उदायौ
रामायणको कथा अमृत सरि 
विश्व मै फैलियो 
२
नेपाली कविता रचेर सुरु मा,
साहित्य मौलाई दिने 
भाखा मै अपार शक्ति छ तिम्रो 
रामायणले मन छुने 
३
तिम्रो रचना अनन्त रसिला, 
आहारारम मौलाउने,
नेपाली पन छौ सुरम्य गुण को 
माला लगाई दिने 
४
नेपाली जनको घरघरहरुमा 
पाखा पखेरा सवमा 
तिम्रो ज्योति फैलिरहो सपमा, 
हिमाल सरि यो विश्व मा
५ 
भाखा मै छ अपूर्व शक्ति तिम्रो 
भित्रि मुटुलाई छुने
नेपाली साहित्यको परिवेशमा 
लालित्य मौलाई दिने 
६
नेपाली भाषामा रामायण तिम्रो 
भाषाका हौ पुजारी 
अमर भयौ हे भानु । तिमी 
वधाई छ तिमीलाई

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->