बुधबार, भाद्र १० २०८३

बुधबार, भाद्र १० २०८३
  • १० भाद्र २०८३ , बुधबार
  • August 26 2026

बिहुँकोटे साईलोको तीज कोशेली सार्वजनिक

बिहुँकोटे साईलोको तीज कोशेली सार्वजनिक


  • ढोरपाटन संवाददाता
  • साउन ८ २०७६, बुधबार

काठमाण्डौ,८ साउन –  नेपाली हिन्दू नारीहरुको  महान पर्व हरितालिका तीजलाई लक्षित गर्दै गायक तथा सर्जक प्रेम श्रीस मगर “बिहुँकोटे साईलो”को उत्कृष्ट तीज कोशेली” घरको याद” यतिबेला युटुव बजार मार्फत सार्वजनिक भएको छ ।
केहि समय अगाडी पन्चेबाजा गीत बिहुँकोटे साईलो, झ्याउरे गीत आएमत, सालैजो गीत जन्मेको गाउँ जस्ता गीतबाट चर्चामा आएका बिहुँकोटे साईलोलाई यो गीतमा आवाज भने बहुचर्चित गायिका शर्मिला गुरुङले साथ दिएकी छिन।

शिव शर्मा सुवेदीको परिकल्पनामा बिहुँकोेटे साईलोको शब्द र संगीत रहेको यो गीतको म्युजिक भिडियोमा अभिनय भने नबोदित मोडल आदित्य पुन र सोमी पुनको रहेको छ। कमल एल.एक्सको छायांकन र सम्पादनमा रहेको गीतको भिडियोलाई निर्देशन भने आदित्य पुनले गरेका हुन्। बिनोद बाजुरालीले एरेन्ज गरेर मालाश्री स्टुडियोमा रेकर्ड भएको यो गीतलाई प्रदेशी सर्जक रामु जि.सी. कमलको आफ्नै म्युजिक कम्पनी ताराखोला डिजिटल फिल्मस् प्रा.लि.ले बजारमा ल्याएको छ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->