बुधबार, भाद्र १० २०८३

बुधबार, भाद्र १० २०८३
  • १० भाद्र २०८३ , बुधबार
  • August 26 2026

लमजुङको दोर्दीखोलामा आएको बाढीले बगाउँदा ४ जनाको मृत्यु ११ जना हराएको आशंका

लमजुङको दोर्दीखोलामा आएको बाढीले बगाउँदा ४ जनाको मृत्यु ११ जना हराएको आशंका

ईनर्जी पावर कम्पनीद्धारा प्रबद्र्धित २५ मेगावाटको माथिल्लो दोर्दी ‘ए’जलविद्युत आयोजनामा कार्यरत दर्जन बढी कामदार बेपत्ता


  • ढोरपाटन संवाददाता
  • साउन ८ २०७६, बुधबार

बेंसीसहर, ९ साउन –  लमजुङको पूर्वीभागमा पर्ने दोर्दीखोलामा अचानक आएको बाढीले बगाउँदा ४ जनाको मृत्यु भएको छ । बाढीमा परी करिब ११ जनाजति हराएको अनुमान गरिएको छ । बुधबार दोर्दीखोलाको सिरानमा रहेको ताँजेभन्दा माथिबाट एक्कासी पहिरोसहितको बाढी आउँदा मानिसहरु बगाएको दोर्दी गाउँपालिकाका अध्यक्ष ओमबहादुर गुरुङले टेफिफोनमा ढोरपाटनसँग बताए । दोर्दीमा बाढी आउँदा दोर्दी–६, ताँजेमा निर्माणाधीन पिपल्स हाइड्रो पावर कम्पनीको सुपर दोर्दी जलविद्युत आयोजनाको सुरुङमा बाढी पसेको उनले बताए । उनका अनुसार एक्कासी बाढी आउँदा खोलामा काम गर्ने कामदारहरुलाई बगाएको हो । तीमध्ये १५ जनाको उद्दार गरिएको उनले बताएका छन् । बाढी आउँदा खोलामा कति मानिस काम गर्दै थिए भन्ने एकिन नभएको पनि उनको भनाई छ । बाढीले सुपरदोर्दीका सामानहरु पनि बगाएको छ । लमजुङका प्रहरी प्रमुख डिएसपी रवीन्द्रमान गुरुङका अनुसार त्यहाँबाट जेनेरेटर, २ वटा ट्रयाक्टर र २ वटा लोडर पनि बगाएको छ । ५ जना घाइतेको उद्धार गरिएको पनि उनले जनाए । उनका अनुसार टनेलभित्र रहेका १७ जनाको उद्दार भएको छ ।
लमजुङको पूर्वी भेगमा पर्ने दोर्दीखोलामा मात्रै अहिले ५ वटा हाइड्रो निर्माणाधीन अवस्थामा छन् । हिमालयन पावर पार्टनर लिमिटेडको २७ मेगावाटको दोर्दीखोला जलविद्युत् आयोजना, लिबर्टी इनर्जी कम्पनी लिमिटेडको २५ मेगावाटको माथिल्लो दोर्दी ‘ए’ जलविद्युत, पिपुल्स हाइड्रोपावर कम्पनी लिमिटेडद्वारा निर्माणाधीन ५४ मेगावाटको सुपर दोर्दी जलविद्युत् आयोजना ‘ख’, लमजुङ विद्युत् विकास कम्पनी लिमिटेडको प्रवद्र्धनमा दोर्दी खोला जलविद्युत् कम्पनी लिमिटेडको १२ मेगावाटको दोर्दी १ जलविद्युत् आयोजना र ५७ मेगावाटको हिमचुली दोर्दी जलविद्युत् आयोजना निर्माण भइरहेका छन् । सबै जलविद्युत परियोजनाबाट १ सय ७६ मेघावाट बिजुली उत्पादन हुन्छ । तीमध्ये दुईवटा लिबर्टी र दोर्दीखोला जलविद्युत आयोजना यही भदौमा सक्ने लक्ष्य रहेको थियो ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->