मंगलबार, भाद्र २३ २०८३

मंगलबार, भाद्र २३ २०८३
  • २३ भाद्र २०८३ , मंगलबार
  • September 8 2026

श्रीकृष्ण जन्माष्टमी : जसले भाँडा बनाउँछ, उसैले पानी बाँड्छ !

श्रीकृष्ण जन्माष्टमी : जसले भाँडा बनाउँछ, उसैले पानी बाँड्छ !


  • ढोरपाटन संवाददाता
  • भाद्र ५ २०७६, बिहिबार

पोखरा,५ भदौ -‘कर्मले मानिसको जात निर्धारण गथ्र्यो कुनै बेला । तर, पुरोहितहरुले त्यो व्यवस्था देखिसहेनन् । जन्मले नै जात निर्धारण गर्ने परिपाटी बसाले र आफू निर्धक्क ‘टपरी बटुल्न’े धन्दामा लागे । सानो–ठूलोको विभेदको खाडल झन ठूलो बनाउँदै गए । अन्ततः यसले सनातन धर्म मान्नेहरुलाई नै बदनाम बनायो । यो व्यवस्था अहिले पनि व्यवहारमा कायमै छ, भला कानूनले जात चिन्दैन । समाजमा रहेको यही विभेद चिर्न यसपटक पोखरामा कृष्णजन्माष्टमी पर्व रोजिएको छ । कृष्णजन्माष्टमीमा निस्कने शोभायात्राको क्रममा आयोजकले जोसँग पानी हाल्ने भाँडा बनाउने सीप छ, उसैलाई पानी बितरणको जिम्मा दिएको छ ।
‘जातीय बिभेद अन्त्यको उदाहरणको लागि शोभायात्रामा विश्वकर्मा समुदायको सहयोगमा उनीहरुबाटै पानी बितरण गर्न लागिएको हो’, शोभायात्रा आयोजक समितिका संयोजक मेनुका बरालले भनिन्,‘ हामी जातको नाममा हुने विभेद सधैँको लागि अन्त्य गर्न चाहन्छौँ, हिन्दुधर्ममा कोही सानो र ठूलो हुँदैन ।’
श्रीकृष्ण जन्माटमी महोत्सव मूल समारोह समिति भदौ ६ गते सभागृहदेखि बिहान झाँकीसहितको शोभायात्रा निकाल्दैछ । शोभायात्रा सृजनाचोक, रत्नचोकहुँदै बैदामको कोमागाने पार्कमा पुग्ने बुधवार आयोजित पत्रकार सम्मेलनमा जानकारी दिइयो । तीन दशकदेखि सनातन धर्म सेवा समितिले शोभायात्रासहित विन्ध्यवासिनीमा मनाउँदै आएको श्रीकृष्ण जन्माष्टमी पछिल्लो समयमा विश्व हिन्दू महासंघ कास्कीले शोभायात्रासहित कोमागाने पार्कमा मनाउँदै छ ।
जन्माष्टमी पर्व भव्य बनाउन विभिन्न प्रतियोगितासमेत आयोजना गरिएको बिश्व हिन्दू महासंघ कास्कीका सचिव कमल पौडेलले जानकारी दिए । केदारेश्वर मन्दिर नजिक कोमागानेपार्कमा हुने विशेष समारोहमा भजन चुड्का प्रतियोगिता हुनुको साथै राधाकृष्ण प्रतियोगिता, उत्कृष्ट सहभागी संस्था, उत्कृष्ट भजन झाँकी प्रतियोगिताका विजेतालाई पुरस्कृत गरिनेछ । साथै कृष्णझुला, कृष्णपूजन मुख्य आकर्षण छन् । श्रीकृष्ण जन्माष्टमीलाई भव्यरुपमा सम्पन्न गर्न सम्पूर्णलाई सहयोगको लागि कार्यक्रम संयोजक मेनुका खरालले अनुरोध गरिन् ।
सो अवसरमा आयोजित भजनचुड्का प्रतियोगितामामा प्रथम पुरस्कार ३० हजार रुपैयाँ पुरस्कार दिइनेछ । दोस्रोलाई २०, तेस्रोलाई १०, सान्त्वनालाई ३ हजार, उत्कृष्ट नृत्य ५ हजार र उत्कृष्ट भजनझाँकीलाई ५ हजार पुरस्कार दिइनेछ । शोभायात्रामा प्रथम, दोस्रो, तेस्रो र सान्त्वना हुनेलाई क्रमशः १० हजार, ७ हजार ५ सय, ५ हजार र २ हजार रुपैयाँ पुरस्कार दिइनेछ । शोभायात्रामा उत्कृष्ट सहभागी टिमलाई क्रमशः ५ हजार, ३ हजार र २ हजार दिइनेछ । उत्सवमा महान सन्त श्री हरिहर सन्यास आश्रमका पीठाधिश्वर, नेपाल सन्त समाजका केन्द्रीय अध्यक्ष एंव श्री १००८ स्वामी ज्ञाननन्द सरस्वती महाराज, प्रज्ञा प्रतिष्ठान नेपालका उपकुलपति डा.जगमान गुरुङ, कालिगण्डकी ज्ञानविज्ञान प्रतिष्ठान नेपालका संस्थापक अध्यक्ष श्री चैतन्य कृष्ण महाराज र मायाघर नेपालकी संस्थापक अध्यक्ष भागवत मञ्जरी राधिका दासजीको अभिनन्दन र विशेष प्रवचन सहितको सांस्कृतिक कार्यक्रम समेत समावेश गरिने छ ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->