पोखरा, १३ भदौ – मंत्री, सांसद, कर्मचारी, वकिल, पत्रकार, ब्यटिसियन, सबै महिलाहरु तीजमा रमाई रहदा पोखरा १७ को सुकुमबासी बस्तीका महिलाहरुलाई पनि तीजको रमझमले छोएको छ । पति,पत्नी दुबैले श्रम नगरी गर्जो टार्न धौ धौ पर्ने सो बस्तीका महिलाहरुले दर खाएर छमछमी नाचे, रमाईलो गरे । श्रीमान एकातिर श्रमति एकातिर छोराछोरीको चिहिलबिहल भएर पनि जसो तसो जिवन धानिरहेका श्रमिक महिलाहरुले दर खाएर नाचगान गरी बिहिबार तीज मनाएका हुन् ।
चार्ड पर्व आफ्नो गच्छे अनुसार मनाउने हो, कसैले होटलमा गएर महंगो शुल्क तिरेर टिकट काटेर खान्छन् भने नमुना टोलका श्रमिक महिलाहरुले सामान्य परिकार खाएर दिदी बहिनीहरु बिच आपसी सद्भाव साट्ने काम गरेका छन् । जसको चाजोपाजो श्रमिकहरु की नेतृ तथा गण्डकी प्रदेश सभा सदस्य मिना गुरुङले गरिन् । उनले पोखरा १७ मा रहेको नमुना टोलका श्रमिक महिलाहरुलाई दर खुवाएर शुभकामना साटासाट गरिन् । अहिले उनको ब्यस्थता बढेको छ । तीजको शुरुवात भए पछि त झनै दैनिक जसो ५।७ वटा कार्यक्रममा उपस्थिति जनाउनु पर्ने हुन्छ । आयोजकहरुले निमन्त्रण दिए पछि जानु उनको कर्तब्य पनि हो । श्रमिकको आवाज बुझ्ने भनेर सांसद गुरुङलाई नमुनाना बस्तीका महिलाहरुले बोलाए । सो कार्यक्रममा सांसंद गुरुङले चार्ड पर्वले सबैले आफ्नो हैसियत अनुसार मनाउन पाउनु पर्नेमा जोड दिईन् । तर चार्ड पर्व शुरु भएसंगै आकासिएको बजार मुल्यले संधै श्रमजिवीहरुलाई पिरोलिरहनु पर्ने बताईन् । उनले भनिन् ‘हामीले चार्ड पर्व मनाई रहदा छेउमा बसेका बिपन्नहरुलाई समेत मध्यनजर गर्नुपर्छ । कसैको आत्मा रोइरहेको को त छैन ख्याल गर्नुपर्छ । ’ चाड पर्वको अवसर पारेर समाजसेवाको काम गर्नुपर्नेमा गुरुङको जोड थियो । सो अवसरमा सांसद गुरुङले सुकुमबासी बस्तीका बालबालिकाहरुका लागि खोलिएको शिशु स्यार केन्द्रलाई दुई थान पंखा समेत हस्तान्तरण गरिन् । कार्यक्रमको अध्यक्षता नमुना टोलका अध्यक्ष पुण्य उप्रेतीले गरेका थिए । संसद गुरुङले तीज कै अवसर पारेर मानव सेवाआश्रमका असाहाय महिलाहरुलाई पछौरा आढाउने तथा जलवायु परिर्वनले ल्याएको असर कम गर्न बृक्षरोपण कार्यक्रम गर्ने बताएकी छिन् ।





