शनिबार, भाद्र ६ २०८३

शनिबार, भाद्र ६ २०८३
  • ६ भाद्र २०८३ , शनिबार
  • August 22 2026

बागलुङका होमनाथले दिए एनआरएनए आईसीसी कतारको सदस्यमा उम्मेदवारी

बागलुङका होमनाथले दिए एनआरएनए आईसीसी कतारको सदस्यमा उम्मेदवारी

उनी बागलुङ सेवा समाज कतारको अध्यक्ष र गण्डकी प्रदेश समन्वय परिषद कतारको सल्लाहकार रहेका छन ।


  • ढोरपाटन संवाददाता
  • साउन १९ २०७६, आइतबार

बागलुङ, १९ साउन -एनआरएनए आईसीसी कतारको २०१९–२०२१ कार्यकालको लागि बागलुङका होमनाथ शर्माले आई सि सि सदस्यमा उम्मेदवारी दिएका छन । बिगत २३ बर्ष देखि कतारमा रहेर बिभिन्न सामाजिक संस्थाको संस्थापक समेत रहेर निरन्तर सामाजिक सेवामा सक्रिय बागलुङको वलेबाका शर्माले आइसिसी सदस्यमा आफनो मनोनयन दर्ता गरेका हुन ।
शर्माले मध्यपुर्व क्षेत्रमा रहेका आम नेपालीको साझा मुद्दा सुरक्षित श्रमिक र मर्यादित वैदेशिक रोजगारी रहेकोले त्यसलाई स्थापित गर्न आफुले उम्मेदवारी दिएको बताए । सामाजिक कार्यमा संस्थागत रुपमा बागलुङ सेवा समाज कतारको संस्थापक हुँदै दुई कार्यकाल अध्यक्ष र अहिले संरक्षक रहेका शर्मा नेपाली जनप्रगतिशिल मञ्च कतारको संस्थापक हुँदै दुई कार्यकाल अध्यक्ष र हाल प्रमुख सल्लाहकार, अन्तर्राष्ट्रिय बागलुङ सेवा समाजको अध्यक्ष र गण्डकी प्रदेश समन्वय परिषद कतारको सल्लाहकार रहेका छन ।
गैरआवासीय नेपाली संघमा भने संघको प्रथम परिषदको निर्वाचित खुल्ला प्रतिनिधि, गैरआवासीय नेपाली संघ, राष्ट्रिय समन्वय परिषद कतारको २००७-२००९ कार्यकालको कार्यसमिति सदस्य तथा संघसंस्था समन्वय समितिको सदस्य, २०११-१३ तथा हालको २०१७-२०१९ कार्यकालमा सल्लाहकार रहेका छन् ।

सामाजिक संघसंस्थाको नेतृत्व गर्दै गर्दा निरन्तर मजदुरको हकहितको पक्षमा आवाज उठाउदै सामाजिक अभियानमा लागि रहेको भन्दै शर्माले सहयोग लागी अपिल गरेका छन् । उनले आफुले आर्जन गरेका अनुभवलाई समेटदै सम्पुर्ण कतार बासी नेपालीको साथ सहयोगको अपेक्षा सहित २०१९–२०२१ को कार्यकालको लागी आइसीसी सदस्य पदमा उम्मेदवारी दिएको बताए।
श्रमिक हुदै खाडीमा आएको आफुले अहिले ब्यबसाय सुरु गरेकोले आफू संग दुबै कामको अनुभव रहेको भन्दै बर्तमान एन आर एनमा समेत आमूल परिवर्तनको खाचो महसुस गरेको बताए । शर्माले एन आर एन एको अभियानले प्राप्त गरेका उपलब्धिलाई संस्थागत गर्दै आगामी दिनमा यस अभियानलाई थप सशक्त बनाउदै लैजाने प्रतिबद्धता रहेको बताए । शर्माले सामाजिक संघसंगठनमा लाग्नको लागि निरन्तर साथ सहयोग र हौसला प्रदान गर्नुहुने सम्पुर्णमा हार्दिक आभार व्यक्त गरेका छन् । एनसिसि कतारले तय गर्ने कार्यक्रमलाई सफल बनाउनको लागि आवाश्यक साथ सहयोग गर्दै आइसिसि र एनसिसि बिच समन्वयको लागि आफ्नो विशेष भुमिका रहने बताए ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->