बागलुङ,१८असोज – जिल्लाको काठेखोला गाउँपालिका ३ धम्जाका ४२ बर्षिय नुनबहादुर (गणेश) खत्रीको उपचारका लागि स्वतफूर्तरुपमा आर्थिक संकलन अभियान सञ्चालन भइरहेको अवस्थामा श्रमका लागि कोरियामा पुगेकाहरुले पनि रकम संकलन अभियान सुरु गरेका छन । कोरियामा धम्जाका मनोज थापाको सक्रियतामा सहयोग रकम संकलन गरिएको छ । शनिवारसम्म विभिन्न स्थानबाट कोरियाका पुगेकाहरुबाट नेपाली रुपैयाँ एक लाखभन्दा बढि संकलन भएको थापाले वताए । आन्द्राको क्यान्सर, कार्सिनोमा रोगबाट ग्रसित भई मणिपाल शिक्षण अस्पताल पोखरामा उपचाररत रहेका खत्रीको पारिवारिक अवस्था कमजोर भएकाले उनको उपचारमा सहयोग पुराउने उदेश्यले कोरियामा समेत सहयोग अभियान सञ्चालन गरिएको थापाले वताए । खत्रीको उपचारका लागि धम्जाका मनोज थापाले रु.५ हजार, पाला तितौरेका ज्ञानेन्द्र कार्कीले २ हजार, जैमुनी ७ जैदीका महेश पौडेलले २ हजार, धम्जा देउरालीका प्रकाश हमालले ७ हजार, भीमापोखरा गैराथोकका प्रकाश केसिले २ हजार, धम्जा सायकटेराका हिरा छन्त्यालले २ हजार, धम्जा स्वाराका दिपक भण्डारीले ५ हजार, जैमुनी ७ जैदीका रामप्रसाद शर्माले २ हजार ५ सय, बानपा ७ ढिक्रीचोरका केदार गौतमले २ हजार, धम्जा ओखलेका बिजय श्रीषले ५ हजार, तंगामका रमेश थापाले २ हजार, निसीखोलाका भुमिराज भुसालले २ हजार र तग्रामका विशाल थापाले ३ हजार रुपैयाँ सहयोग प्रदान गरेका छन ।
त्यसैगरी गल्कोट हरिचौरका ज्ञानु श्रीसले रु. ३ हजार, भीमापोखराका झपिन्द्र केसिले २ हजार, जैमिनी ७ जैदीका प्रेमसागर पौडेलले २ हजार, तग्रामका कर्ण थापाले ३ हजार, धम्जा देउरालीका सन्तोष निहुरेले ५ हजार, भीमापोखरा डोहरीका डम्मर केसिले २ हजार, राङखानीका शिव पुन मगरले २ हजार, भीमापोखराका प्रकाश मल्लले ३ हजार, तग्रामका रन बहादुर थापाले २ हजार ५ सय, कुश्मीसेराका अमृत पौडेलले २ हजार, चितवनका प्रकाश् रानाले १ हजार, तग्रामका सन्तोष थापाले ३ हजार, भीमापोखरा सलामका अनिल शर्माले २ हजार, नुवाकोटका पदम थापाले २ हजार, बानपा ७ तितौरेका राजु कार्कीले २ हजार, गल्कोट नरेठाटीका मिन पुनले २ हजार र धम्जा खालका कृष्ण घर्ती मगरले ३ हजार रुपैयाँ प्रदान गरेको थापाले वताए ।
त्यसैगरी खत्रीलाई सहयोग गर्नेहरुमा धम्जा सायकटेराका भीम आलले २ हजार, म्याग्दी डडुवाका पदम बानियाँले १० हजार, खानीगाउँका कृष्ण बानियाँले २ हजार, तग्रामका स्वरुप कुमार थापाले २ हजार, अर्गल सिलेका कुल रोका मगरले २ हजार र भीमापोखरा सिमका रुद्र गौतमले रु. १ हजार सहयोग प्रदान गरेका छन । सहयोग गर्ने सवैलाई धन्यवाद दिदै अभियानका संयोजक थापाले सो रकम खत्रीका परिवारलाई मिडियाको रोहवरमा प्रदान गरिने जानकारी दिए । अभियानमा सहभागी हुन उनले अरु सवैलाई आग्रह गरेका छन । भारतको सिलाङमा लामो समयदेखि कार्यरत खत्रीको बिरामी भए पछि उपचारमा साढे ३ लाख बढी रकम खर्च भइसकेको श्रीमति सावित्रा खत्रीले बताइन । अस्पतालले अझै धेरै रकम लाग्ने बताएकोले देश बिदेशमा रहेका सवै नेपाली समक्ष सहयोगका लागि श्रीमती सावित्रीले अनुरोध गरेकी छिन् । खत्रीका १६ बर्षिया छोरी एलिसा र १३ बर्षिय छोरा नारायण छन् । यो अभियानमा जोडिन चाहनेहरुले सिधै कैलाश विकास बैकं बागलुङमा रहेको हुममाया क्षत्री केसीको खाता नम्बर ००८००९००११६४१९०००००१ मा पनि रकम जम्मा गर्न सकिने ब्यवस्था मिलाईएको छ ।





