शनिबार, कार्तिक १ २०८३

शनिबार, कार्तिक १ २०८३
  • १ कार्तिक २०८३ , शनिबार
  • October 17 2026

जापानमा आँधी र भूकम्प

जापानमा आँधी र भूकम्प


  • एजेन्सी
  • असोज २५ २०७६, शनिबार

टोकियो, २५ असोज –  जापानको चिबामा आँधीका कारण एक जनाको मृत्यु भएको छ भने चार जना बेपत्ता छन्। शनिबार बिहान पूर्वी जापानको चिबा प्रान्तमा आएको आँधीले गाडी पल्टिदा एक जना च्यापिएका थिए। ५० वर्षका ती पुरूषलाई अस्पताल पुर्‍याउँदा मृत घोषित गरिएको थियो। त्यस्तै आँधीबाट जापानको सिजोउमा ४ जना बेपत्ता छन् भने ५० जना घाइते भएका छन्। आँधीका कारण भारी वर्षा पनि भइरहेको जापानी मौसम विभागले जनाएको छ।

शिजुओका, कानागावा, टोकियो, सैतामा, गुन्मा, यामानशी र नागानो प्रान्त लगायतका ठाउँहरूमा सतर्कता अपनाउन विभागले जनाएको छ। त्यस्तै शनिबार चिवालाई केन्द्रविन्दु बनाइ ५.७ रेक्टर स्केलको भूकम्प गएको छ। स्थानीय समयअनुसार ६ बजेर २२ मिनेटमा गएको जापान टाइम्सले जनाएको छ। त्यस भूकम्पबाट भने सुनामीको कुनै खतरा छैन।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->