बुधबार, भाद्र १० २०८३

बुधबार, भाद्र १० २०८३
  • १० भाद्र २०८३ , बुधबार
  • August 26 2026

१४ हिमाल चढेर म्याग्दीका निर्मल पूर्जाले कायम गरे ‘विश्व रेकर्ड’

१४ हिमाल चढेर म्याग्दीका निर्मल पूर्जाले कायम गरे ‘विश्व रेकर्ड’

सात महिनामा विश्वका १४ हिमालको सफल आरोहण


  • हरिकृष्ण गौतम
  • कार्तिक १२ २०७६, मंगलबार
म्याग्दी, १२ कात्तिक – आठ हजार मिटरभन्दा अग्ला संसारका १४ वटा हिमाल चढेर म्याग्दीका निर्मल पूर्जाले विश्व रेकर्ड कायम गरेका छन् । पूर्जाले सोमबार तिब्वतमा अवस्थित शिशापङ्मा हिमालको चुचुरोमा पुगेसँगै सात महिनामा विश्वका सबै ८ हजार मिटरभन्दा अग्ला हिमालहरु आरोहण गर्ने पहिलो पर्वतारोही भएका हुन् ।
विश्वकै चौथौ अग्लो शिशापङ् हिमालको उचाई ८०२७ मिटर अग्लो रहेको छ । चिनियाँ सरकारले सन् २०१९ सम्मलाई सिसापाङ्मा हिमाल आरोहण रोकेपनि विश्व रेकर्डका लागि गरिएको अनुरोधलाई स्वीकार गदैं विषेश अनुमति दिएको थियो ।
म्याग्दीको अन्नपूर्ण गाउँपालिका–३ दानामा जन्मिएका पूर्जाले गत बैशाख १० गते अन्नपूर्ण गाउँपालिकाकै नारच्याङमा अवस्थित ८ हजार ९१ मिटर अग्लो अन्नपूर्ण हिमालबाट आरोहण सुरू गरेका थिए । त्यसलगत्तै पूर्जाले म्याग्दीमै रहेको सातौं अग्लो धौलागिरी हिमालको (८१६७ मि) आरोहण गरेका थिए । त्यसपछि उनी थप हिमाल आरोहणका लागि निस्किएका थिए ।
उनले धौलागिरी हिमालमा विना अक्सिजन आरोहण गरेका थिए । विश्वकै अग्लो सगरमाथा, केटु, कञ्चनजंगा, ल्होत्से, मकालु, च्होयो, मनास्लु, नांगा पहाड, गशेरब्रुम, ब्रोड पिक, गशेरब्रुम दोस्रोको आरोहण गरेका थिए । आरोहण गरेका १४ वटा अग्ला हिमालमध्ये ८ वटा भने नेपालमै पर्दछ ।त्यस्तै, अन्य हिमालहरु पाकिस्तान र चीनमा पर्दछ । हालसम्म विश्वमा कुनैपनि आरोहीले छोटो समयमा दुई दर्जन हिमालको आरोहण गरेको विश्वमै रेकर्ड छैन् । मासिक १४ लाखसम्म नेपाली तलब हुने जागिर छोडेर आरोहणमा होमिएका म्याग्दी अन्नपूर्ण गाउँपालिका–४ दानाका पूर्जाको प्रोजेक्ट पोसीबल’ परियोजना नाम दिइएको थियो । आरोहणको क्रममा विभिन्न हिमालमा अलपत्र परेका आरोहीलाई उद्धार गरेर संसारभरी चर्चा कमाएका थिए ।
आरोहणमा पूर्जालाई मिग्मा डेभिड शेर्पा, लाक्पा शेर्पा, तेन्जिङ शेर्पा लगाएत शेर्पाको टोलीले सहयोग गरिरहेका छन् । ३५ वर्षीय निर्मल ‘स्पेशल फोर्स’मा छानिने पहिलो गोर्खाली थिए । तर, उनका लागि दाम र शानको सैनिक जागिरभन्दा हिमाल चढ्ने भोकलाई विश्वभरबाट आर्थिक सहयोग समेत भएको थियो ।
करिब ७ लाख ५० हजार भन्दा बढी खर्च भएको छ । उनले ब्यक्तिगत, चन्दा र च्यारिटीसहितका विभिन्न कार्यक्रममार्फत आर्थिक संकलन गरेका थिए । मार्च २०१९ मा जागिर छाडेर हिमाल आरोहण अभियान थालेका पूर्जाले आफ्नै जन्म जिल्लामा रहेको ८ हजार मिटर अग्लो धौलागिरी र अन्नपूर्ण आरोहण गर्ने पहिलो म्याग्देलीको उपाधि समेत जितेका छन् ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->