पोखरा,१ मंसिर – दोस्रो गलकोट घुम्टे महोत्सवको तैयारी तिव्र छ । प्रचार प्रसार र कार्यक्रम स्थल ब्यबस्थापनको काम धमाधम भैरहेको छ । महोत्सव रौनक गलकोटमा मात्र छैन । गलकोट बाहिर पनि उत्तिकै छ । पोखरामा आइतबार महोत्सवको प्रचार प्रसारका लागि मोटरसाइकल ¥याली गरिएको छ । गलकोट समाज पोखराको आयोजनामा पोख्रेलिहरुलाइ गलकोट मा आकर्षण गर्ने उदेश्यसहित ¥याली गरिएको समाजका अध्यक्ष मिनबहादुर खत्रीले बताए । ‘हाम्रो जन्मस्थानको प्रचार प्रसार र पर्यटकीय गन्तब्यको डीपीआर गर्ने उदेश्य सहित आयोजना गरिएको महोत्सवलाई सघाउनु हाम्रोपनि दायित्वहो ,हामीले बिभिन्न अभियान मार्फत यो काम गरिरहेका छौ ।’ उनले भने । समाजमा आबद्ध गलकोटेहरु ¥यालीमा सहभागी थिए ।
गलकोटबाट बसाइसराइ गरेर आएका तथा विभिन्न पेशा व्यवसायको शिलशिलामा पोखरामा बसोबास गर्ने गलकोटेहरु मिलेर बनेको समाजले महोत्सवको लागि आर्थिक संकलन समेत गरिरहेको छ । समाजको तर्फबाट ५० हजार र समाजले संकलन गरेर करिब २ लाख ५० हजार महोत्सवलाई सहयोग गर्ने समाजका सदस्य फरेन्द्र थापाले जानकारी दिए । महोत्सवको प्रचार प्रसार र आर्थिक अभियानका लागि पोखरामा निरन्तर घरदैलो अभियान गरिरहेको उनले बताए । मंसिर ४ गतेदेखि गलकोट घुम्टे पर्यटन विकास केन्द्रको आयोजनामा मंसिर ४ गतेदेखि ११ गते सम्म महोत्सव आयोजना गरिएको छ ।





