मंगलबार, भाद्र २३ २०८३

मंगलबार, भाद्र २३ २०८३
  • २३ भाद्र २०८३ , मंगलबार
  • September 8 2026

लभ्ली हिलमा साझा पार्टीले गर्यो सरसफाई

लभ्ली हिलमा साझा पार्टीले गर्यो सरसफाई


  • ढोरपाटन संवाददाता
  • मंसिर २१ २०७६, शनिबार

पोखरा, २१ मंसिर – साझा पार्टी कास्कीले सरसफाई कार्यक्रमलाई निरन्तरता दिएको छ । मंसिर १४ को उपनिर्वाचनमा चुनावी घरदैलोमा पुग्दा सरसफाइमा जुटेको पार्टीले निर्वाचन सकिएपछि शनिबार पोखरा १८ लभ्ली हिलमा सरसफाइ गरेको हो ।
पार्टीको कास्की जिल्ला अभियान विभागको आयोजनामा भएको सरसफाइमा १७ बोरा फोहोर संकलन गरिएको सरसफाई अभियान विभागका संयोजक लीलाधर लामिछानेले जानकारी दिए ।
पार्टीका जिल्ला समितिका पदाधिकारीसहित १५ जनाको टोली शनिबार सबेरै लभ्ली हिल पुगेको थियो । सरसफाइमा पुगेको टोलीले त्यहाँ सन्देशमूलक प्लेकार्ड पनि गाडेर छाडेको छ ।
सरसफाइ गरेर मात्र नहुने भएकाले आफूहरुले जनचेतना अभिवृद्धिका कार्यक्रमलाई पनि निरन्तरता दिने संयोजक लामिछानेले बताए । उनले भने, ‘यो हाम्रो सुरुआत मात्र हो र यसलाई निरन्तरता दिन हामी कुनै कन्जुसाईँ गर्दैनौँ । सरसरफाइ गर्नुभन्दा पनि फोहोर फाल्न हँदैन भन्ने चेतना जगाउनु आवश्यक छ ।’
पोखरालाई प्रदुषणमुक्त शहर बनाउनका लागि आगामी दिनमा पोखरा महानगरपालिकासँग समन्वय गरेर अभियानलाई निरन्तरता दिने पार्टीले जनाएको छ ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->