आइतबार, भाद्र ७ २०८३

आइतबार, भाद्र ७ २०८३
  • ७ भाद्र २०८३ , आइतबार
  • August 23 2026

राजनितिका कारण संघ सस्थाहरु धरापमा : प्रदेश प्रमुख शेरचन

राजनितिका कारण संघ सस्थाहरु धरापमा : प्रदेश प्रमुख शेरचन


  • ढोरपाटन संबाददाता
  • मंसिर २३ २०७६, सोमबार

पोखरा, २३ मंसिर – गण्डकी प्रदेश प्रमुख अमिक शेरचनले संघ सस्थाहरुमा राजनिती घुस्न नहुने वताएका छन । केही संघ सस्थाहरु पछिल्लो समय राजनितीकै कारण धरापमा परेको वताउदै राजनिती भन्दा पर रहेर संस्था सञ्चालन गर्न शेरचनको आग्रह रहेको थियो । नेपाल आयुर्वेद औषधी ब्यवशायी संघ गण्डकी प्रदेशको प्रथम साधारण सभा तथा पहिलो अधिवेशनलाई सम्बोधन गर्दै गण्डकी प्रदेश प्रमुख अमिक शेरचनले संघ सस्थाहरुमा राजनिती हावी हुदा उनीहरुले लिएको उद्देश्य पुरा नहुने वताएका हुन ।
एक अर्काविच राजनिती खिचातानीका कारण संघ सस्थाहरु धरापमा परेको उदाहरण दिदै शेरचनले आयुर्वेद औषधी व्यवशायीहरुलाई समेत सचेत गराएका थिए । आयुर्वेद औषधी ब्यवशायीहरुले आफ्नो गुणस्तर र कामलाई माथी उठाउन आग्रह गर्दै आफ्नो तर्फबाट सक्दो सहयोग गर्ने प्रतिवद्धता समेत गरे ।
नेपाल आयुर्वेद औषधी ब्यवशायी संघ गण्डकी प्रदेशका संयोजक कृष्ण प्रसाद तिमिल्सिनाको अध्यक्षतामा सम्पन्न कार्यक्रममा नेपाल आयुर्वेद औषधी ब्यवशायी महासंघका अध्यक्ष जंगराज गिरी, गण्डकी प्रदेशका स्वास्थ्य निर्देशक डाक्टर बुद्धि प्रसाद पण्डित, नेपाल चेम्बर अफ कमर्सका उपाध्यक्ष यामनाथ पौडेल, नेपाल उत्पादन संघका सचिव रामचन्द्र पन्थी, विष्णु शर्मा चापागाइ, राजु कुमार पौडेल लगायतले मन्तब्य राखेका थिए ।
सो अवसरमा लामो समयदेखी आयुर्वेद क्षेत्रमा योगदान दिएका ८७ वर्षिय डाक्टर इन्द्रविलाश आचार्यलाई सम्मान समेत गरिएको थियो । उक्त भेलाले राजकुमार पौडेलको अध्यक्षतामा नौ सदस्यीय नया कार्यसमिती चयन गरेको छ । जसको उपाध्यक्षमा धन बहादुर कुमाल, महिला उपाध्यक्षमा गंगा लामिछाने, सचिवमा डाक्टर दीपक भुषाल, सह सचिवमा विष्णु शर्मा चापागाइ, कोषाध्यक्ष रमेश चापागाइ रहेका छन । त्यसैगरी सदस्यहरुमा विनिता डुम्रे अर्याल, राजेन्द्र अधिकारी र हिरा कुमार रहेका छन ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->