पर्वत,२४ मंसिर – तपाईँलाई अमेरिकाको डि.भी प¥यो र अमेरिका जानुभयो । त्यसको आठ महिनामा नै अमेरिकाको स्थायी बासिन्दा ठहरिने पि.आर पाउनुभयो भने तपाईँ के गर्नुहोला ?
रमाईलो, साथीहरुलाई पार्टी वा अरु कुनै स्पेशल टीट्स । तर स्याङजाका एक जना यूवाले भने पर्वतमा अध्ययनरत दृष्टिबिहीनहरुलाई बिभिन्न सामग्रीहरु सहयोग गरेका छन् ।
पर्वतको कुस्मा नगरपालिका ६ शिवालय मा.वि.मा सञ्चालित दृष्टिविहीन छात्रछात्राहरूको लागि खाद्यान्न र इलेक्ट्रोनिक्स सामग्रीहरू निःशुल्क प्रदान गरिएको हो ।
स्याङ्जाको आँधिखोला गाउँपालिका ३ बिचारी चौतारा घर भई हाल अमेरिकामा रहेका प्रकाश बि.क.ले दाल, चामल, तेल, लसुन, प्याज, रोटी मेकर, आइरन लगायतका सामग्रीहरू वितरण गरेका हुन् । ८ महिना अगाडि डी.भी. चिट्ठा मार्पmत अमेरिका पुगेका बि.क.ले केही दिन अगाडि मात्र अमेरिकाको स्थानीय बासिन्दा हुने गरी कार्ड प्राप्त गरेको खुसीमा समस्यामा परेका विद्यार्थीहरूलाई सजिलो बनाउनको लागि सामग्रीहरू वितरण गरिएको प्रकाशकी आमा देउमाया विश्वकर्माले बताइन् ।
२४ जना दृष्टिीबिहनी विद्यार्थीहरूले अध्ययन गर्दै आएको विद्यालयको छात्रावासमा बसेर अध्ययन गर्ने १८ जना विद्यार्थीहरूलाई आर्थिक समस्याका कारण विभिन्न सामग्रीहरूको अभाव भइरहेको भन्ने सुनेपछि आप्mनी बहिनी पार्वती सेन्चुरीको माध्यमबाट सामग्रीहरू हस्तान्तरण गरिएको देउमायाको भनाई छ । शिवालय श्रोत कक्षाको नाममा सञ्चालित उक्त छात्राबासमा पर्वत, म्याग्दी, गुल्मी र तनहुँका विद्यार्थीहरू अध्ययनरत छन् ।





