आइतबार, भाद्र ७ २०८३

आइतबार, भाद्र ७ २०८३
  • ७ भाद्र २०८३ , आइतबार
  • August 23 2026

नेपाल सबै जाति र समुदायको साझा फूलबारी : राष्ट्रपति भण्डारी

नेपाल सबै जाति र समुदायको साझा फूलबारी : राष्ट्रपति भण्डारी


  • ढोरपाटन संवाददाता
  • मंसिर २६ २०७६, बिहिबार

काठमाडौं, २६ मंसिर -राष्ट्रपति विद्यादेवी भण्डारीले किराँत समुदायको महान् पर्व उधौलीको उपलक्ष्यमा स्वदेश तथा विदेशमा रहेका सम्पूर्ण किराँत समुदायका नेपाली दिदीबहिनी तथा दाजुभाइहरुमा सुस्वास्थ्य, सुख, शान्ति, समृद्धि एवम् उत्तरोत्तर प्रगतिको कामना गर्दै शुभकामना व्यक्त गरेकी छन् ।
‘नेपाल विभिन्न जातजाति र समुदायहरुको साझा फूलबारीका रुपमा रहेको छ, उधौलीजस्ता चाडपर्वले हाम्रो सांस्कृतिक, जातीय र भाषिक विविधतालाई आपसमा गाँसेर सामाजिक सद्भाव, राष्ट्रिय एकता र साझा नेपाली पहिचान कायम गर्नका लागि महत्वपूर्ण योगदान गरेका छन्’, राष्ट्रपति कार्यालयद्वारा आज जारी शुभकामना सन्देशमा भनिएको छ ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->