विहिवारदेखि बढेको चिसोले शुक्रवार रातीसम्म देशभरका उच्च हिमाली भेगमा हिउँ परेको छ । गण्डकी प्रदेशका मनाङ र मुस्ताङ मात्रै होइन, कर्णाली प्रदेशका जुम्ला र हुम्लामा पनि सेताम्मे हिउँ परेको छ । शुक्रवार राती परेकोले हिउँले यी जिल्लाका उच्च भाग त पुरिएका छन् । हिउँको मात्रा बढेसंगै मान्छेको जनजीवन पनि कष्ठकर वन्दै गएको छ । जुम्लाको सदरमुकाम खलङगा आसपासका क्षेत्रमा करिव डेढ फिटभन्दा बाक्लो हिउँ परेको छ । अहिले स्थानीयले हिउँ पन्छाउदै बाटो बनाउदै छन । खलङगाबाट रामकृष्ण अधिकारीले पठाएको यो फोटो फिचर ।















