टोकियो, ३० मंसिर – गैरआवासीय नेपाली संघ (एनआरएनए) जापानको प्रवक्तामा सिद्धार्थ श्रेष्ठ चयन भएका छन । टोक्योमा आइतवार बसेको कार्य समितिको बैठकले श्रेष्ठलाई एनआरएनए जापानको २०१९-०२१ को लागी प्रवक्तामा चयन गरेको हो । बिगत एक दशकअघिबाट जापानमा ब्यवसाय गर्दै आएका श्रेष्ठलाई अध्यक्ष देवीलाल भण्डारीको प्रस्तावबाट प्रवक्तामा चयन गरिएको महासचिब जनकबिक्रम शाहीले जानकारी दिए । पछिल्लो समय एनआरएनएप्रति बढ़ी समय दिएको र जापानमा निस्वार्थ काममा खटेकाले श्रेष्ठलाई प्रवक्तामा चयन गरिएको अध्यक्ष भण्डारीले बताए । गैरआवासीय नेपाली संघ जापान २०१९-०२१ को लागी प्रवक्तामा चयनसंगै श्रेष्ठले सबैसंग सहकार्य गरेर अघि बढ़ने बताए। उनी कानागावा नेपाली कम्यूनिटीका उपाध्यक्ष पनि हुन् ।





