शनिबार, कार्तिक १ २०८३

शनिबार, कार्तिक १ २०८३
  • १ कार्तिक २०८३ , शनिबार
  • October 17 2026

ज्वालामुखी विस्फोटमा न्युजिल्याण्डमा मृत्यु हुनेको संख्या १८ पुग्यो

ज्वालामुखी विस्फोटमा न्युजिल्याण्डमा मृत्यु हुनेको संख्या १८ पुग्यो

 पहिचान गरिएका १७ जनामध्ये २ न्युजिल्याण्डका, १२ अष्ट्रेलिका र अन्य ३ अमेरिकी नागरिक हुन्।


  • ढोरपाटन संवाददाता
  • पुष २ २०७६, बुधबार

काठमाडौं, २ पुस – न्युजिल्याण्डको ह्वाइट टापुमा ज्वालामुखी विस्फोटमा परेर ज्यान गुमाउनेको संख्या १८ पुगेको छ । स्थानीय  अधिकारीका अनुसार बुधबार सबै पीडितको पहिचान भएको छ। जसमा हराएका दुई व्यक्तिलाई भने मृत घोषणा गरिएको छ । रिर्पोट अनुसार प्रहरीले १७ जनाको नाम सार्वजनिक गरेको छ।तर अष्ट्रेलियाको अस्पतालमा ज्यान गुमाएका एक व्यक्तिको पहिचान हुन भने भएको छैन।
विस्फोटमा हराएका दुई व्यक्तिमध्ये एक १७ वर्षीय अस्ट्रेलियाका नागरिक विनोना लैंगफोर्ड र ४० वर्षीय स्थानीय टुर गाइड हेडन मार्सल इनमैन हुन् । प्रहरीको टिमले इगल हेलिकप्टरको सहयोगमा मंगलबार ती दुई व्यक्तिलाई खोज्न तंगुवाका खाडीमा खोजी अभियान जारी गरेको हो।  पहिचान गरिएका १७ जनामध्ये २ न्युजिल्याण्डका, १२ अष्ट्रेलिका र अन्य ३ अमेरिकी नागरिक हुन्।
अहिले न्युजिल्याण्डको अस्पतालमा भर्ना भएका करिब १४ व्यक्ति गम्भीर रुपमा जलेका छन् । अन्य १२ जना अस्ट्रेलियामा मृत्युसँग लडिरहेका छन् । विस्फोट भएको समयमा सो ठाउँमा ४७ जना मानिस थिए । तीमध्ये २४ अष्ट्रेलियाका, ९ अमेरिकी, ५ न्युजिल्याण्ड, ४ जर्मनी, २ ब्रिटेन र अन्य २ चिनियाँ र १ मलेसियाका नागरिक थिए । विस्फोट मंसिर २३ गते भएको थियो।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->