पोखरा, ८ पुस – ब्लड क्यान्सरबाट पिडित पोखरा महानगरपालिका वडा नं. १७ रातो पैह्रो निवासी २० वर्षिया सर्मिला सुनारले उपचारको लागि सहयोगको अपील गरेकी छन। विगत १० महिना अघिदेखि गण्डकी अस्पताल, मनिपाल शिक्षण अस्पताल हुदै हाल चितवन भरतपुरस्थित क्यान्सर अस्पतालमा उपचाररत सुनारले उपचारका लागि आफ्नो पारिवारिक आर्थिक अवस्थाले मात्रै सम्भव नभएकाले सहयोगकोलागी आग्रह गरेकी हुन।उपचारको क्रममा हालसम्म विभिन्न श्रोतबाट २५ लाख खर्च गरिसकेको र चिकित्सकका अनुसार बोन म्यारो फेर्नका लागि दिल्ली लैजानुपर्ने र करिब १५ लाख खर्च लाग्ने भएकाले सहयोगका लागि आग्रह पश्चात सर्मिला सुनार बचाउन अभियान समिति समेत गठन गरिएको छ।समितिको संयोजकमा दुर्गाबहादुर बिक, सचिवमा सुनिल विक, सदस्यहरुमा श्रीभञ्च विक, सञ्जय विक, अजय विक्रम धोजु श्रेष्ठ, शािन्त बिक, किसन विश्वकर्मा रहेका छन। ब्लड क्यान्सर पिडित सर्मिला सुनारको उपचारका लागि सहयोग गर्न इच्छुक सहयोगदाताले सहयोग समितिका संयोजक दुर्गाबहादुर बिकको नाममा एनसिसि बैकमा खोलिएको खाता नं. ०१३००००८०००१३ मा रकम जम्मा गर्न सर्मिला सुनार बचाउन अभियान समितिले अनुरोध गरेको छ।





