बुधबार, भाद्र १० २०८३

बुधबार, भाद्र १० २०८३
  • १० भाद्र २०८३ , बुधबार
  • August 26 2026

ल्होछारको शुभकामना

ल्होछारको शुभकामना


  • Dhorpatan News
  • पुष १५ २०७६, मंगलबार

आज तमु ल्होछार । गुरुङ जातिहरुको महान पर्वको दिन गण्डकी प्रदेश सरकारले सार्वजनिक बिदाको घोषणा गरेको छ ।प्रकृतिपूजक तमु जातिको सम्मानस्वरुप प्रदेश सरकारले बिदाको घोषणा गरेको हो । ल्होछार र ल्होसार जे उच्चारण गरिए पनि मूलतः यो गुरुङहरुकै चाड हो । त्यसो त, १५ पुसलाई नेपालका विभिन्न जातजातिले आ–आफ्नो ढंगले मनाउँदै नआएका भने हैनन । जसले जसरी माने पनि दिन लामा र रात छोटा हुँदै जाने १५ पुस सांस्कृतिक पर्व नै हो । मीठो खाने, राम्रो लगाउने, आफन्त भेटघाट गर्ने तथा छोरी–चेलीलाई बोलाउने यो पर्वले आत्मियता पनि बढाउँछ ।
ल्होछारको अवसरमा तमु धिँ नेपाल, तमु छाँैज धिँलगायतका संघ÷संस्थाले विभिन्न कार्यक्रमहरु पनि आयोजना गरेका छन् । आफ्नो मौलिक पर्व मनाउने सन्दर्भमा गुरुङ बाहुल्य गाउँहरुमा मेला र महोत्सव पनि आयोजनाग गरिएका छन् । संस्कृति बचाउन चालिएका यस्ता कार्यहरुको प्रशंसा नै गरिनुपर्छ । नेपाल बहुभाषिक र बहुधार्मिक देश हो । यहाँ रहेका विभिन्न जातजातिहरुसँग आफ्नै मौलिक संस्कृति रहेको छ । मौलिक संस्कृतिहरु राष्ट्रकै सम्पत्ति हुन् । ती संस्कृतिहरुको जगेर्ना गर्नु राष्ट्रको कर्तव्य पनि हो ।
मौलिकता नासियो भने पहिचान हराउँछ । पछिल्ला दिनहरुमा नेपालमा पहिचानप्रतिको मोह बढ्दै गएको छ । आफ्नो संस्कृति बचाउने अभियानहरु तीव्र बनाएको छ । तमुहरुले अहिले चालेको कदम पनि संस्कृति संरक्षण र पहिचानसँगै जोडिएको छ । तमुहरु मुलत ः प्रकतिपूजक नै हुन् । पहाडी भेगमा बसोबास गर्ने उनीहरुको प्रकृति प्रेमले प्रकृति संरक्षणमा पनि योगदान दिँदै आएको छ । यो सबैभन्दा महत्वपूर्ण पक्ष हो । अर्कोतर्फ, नेपालमा विभिन्न जातजातिले मनाउने मौलिक पर्वले पर्यटन उद्योगमा पनि ठूलो टेवा दिएको छ । विश्वका अन्य देशमा नभएका संस्कार र संस्कृतिमा पर्यटकहरु रमाउने अवसर सृजना भएको छ । अतः सरकारले देशमा रहेका सबै जातजातिको मौलिक संस्कृतिको संरक्षणमा ध्यान दिनुपर्छ । बढ्दो आधुनिकतासँगै मौलिकता नासिने हो कि भन्ने चिन्ता जाहेर भएका बेला संस्कृति बचाउने अभियान नै संचालन गर्नुपर्छ । अझ, हामीसँग भएको मौलिक संस्कृतिलाई विश्वमाझ पु¥याउँदै यसको ब्राण्डिङमा पनि ध्यान दिनुपर्छ । सरकारले सन् २०२० लाई नेपाल भ्रमण वर्ष घोषणा गरेको छ । पर्यटकहरु हिमाल हेर्न वा चढ्न मात्रै हैन कि यहाँको संस्कृतिमा पनि रमाउन चाहन्छन् । विभिन्न जातजातिको मौलिक संस्कृतिमा समाहित हुने अवसर सृजना गर्दा उनीहरुको नेपाल बसाई पनि लम्बिन सक्छ ।
आफ्नो मौलिक संस्कृतिको संरक्षण गर्ने र अर्काको संस्कृतिलाई पनि सम्मान गरेकै कारण नेपालमा विभिन्न जातजातिहरु मिलेर बस्न सकेका हुन् । यो नै ‘अनेकतामा एकता’ हो ।नेपालीहरुबीचको यो भातृत्वपन बचाइराख्नु पनि सरकारको दायित्व हो । र, तमु जातिको यो महान पर्व र फेरिएको नयाँ पात्रोले देशमा सुख, समृद्धि र खुसी ल्याओस् । सम्पूर्ण गुरुङहरुमा ल्होछार÷ल्होसारको हार्दिक शुभकामना !

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->