आइतबार, भाद्र ७ २०८३

आइतबार, भाद्र ७ २०८३
  • ७ भाद्र २०८३ , आइतबार
  • August 23 2026

मनाइँदै तमु ल्होसार

मनाइँदै तमु ल्होसार


  • ढोरपाटन संवाददाता
  • पुष १५ २०७६, मंगलबार
फाइल तस्विर

पोखरा, १५ पुस – गुरुङ समुदायले पुरानो वर्ष बिदाइ गरी नयाँ वर्षलाई स्वागत गर्दै ‘तमु ल्होसार’ मङ्गलबार धूमधामसँग मनाउँदै छन् । तमु ल्होसारका अवसरमा टुँडिखेलमा आयोजना हुने विशेष कार्यक्रमका लागि गुरुङ समुदाय आइतबारदेखि नै तयारीमा जुटिसकेका छन् ।
दुई दिनदेखि महिला शिरबन्दी, मखमली चोली, घलेक्क, पटुकी, छिट्को गुन्यू र मजेत्रो लगाएर सजिएका थिए भने पुरुषहरूले टोपी, भोटोमाथि भाङ्ग्रो लगाई कछाड र पटुकी बाँधी समूह बनाएर घाटु, सोरठी, कौडा नाचको व्यस्त थिए । ‘तमु’ गुरुङ जातिलाई जनाउने अर्को नाम हो । गुरुङ भाषामा ‘ल्हो’ भनेको वर्ग र ‘सार’ को अर्थ फेरिनु भएकाले वर्ग फेरिने दिनलाई ‘ल्होसार’ भनिएको गुरुङ समाजका अध्यक्ष रेशम गुरुङले जानकारी दिए । ल्होसार १५ गतेसम्म चल्ने छ ।
तमु संस्कृतिअनुसार पुस १५ गते खुसीसाथ सामूहिक भोज, सांस्कृतिक कार्यक्रम एवं नाचगान गरेर यो पर्व मनाइन्छ । उनले भने, ‘तमु ल्होसार’ पर्व सूर्यको किरणसँग सम्बन्धित हुन्छ । गुरुङहरूले यस वर्ष च्यु ल्हो (मुसा वर्ग) मनाउने भएको छ । हरेक वर्षको पुस १५ गतेलाई गुरुङ समुदायले नयाँ वर्षको पहिलो दिन मानी ल्होसार मनाउने हुँदा यस दिनलाई तमु ल्होसार भनिएको हो । पुस १५ गतेको रात सबैभन्दा लामो हुने र यसपछिका रात घट्दै जाने भएकाले पनि यस पर्वको महत्व रहेको उनले जानकारी दिए।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->