बुधबार, भाद्र १० २०८३

बुधबार, भाद्र १० २०८३
  • १० भाद्र २०८३ , बुधबार
  • August 26 2026

पर्यटकको बसाई लम्ब्याउनेतर्फ सोचौं

पर्यटकको बसाई लम्ब्याउनेतर्फ सोचौं


  • Dhorpatan News
  • पुष १६ २०७६, बुधबार

इस्वी संवत् अनुसार आजबाट पात्रो फेरिएको छ ।हामीले सन् २०२० लाई स्वागत गरेका छौं ।विश्वका अधिकांश देशले स्वीकारेको यही संवतलाई आधार बनाएर पोखराको मुख्य पर्यटकीय क्षेत्र लेकसाइडमा सडक महोत्सव आयोजना गरिएको छ ।सडकमै खाउँ,सडकमा नै रमाउँ भन्ने नारासहित आयोजित यो महोत्सवले क्रीसमस र नयाँ वर्ष मनाउन स्वदेश वा अन्य गन्तव्यमा जाने पर्यटकहरू पोखरामै रोकिने वातावरण बनेको छ ।आन्तरिक पर्यटन प्रवर्द्धनमा पनि सडक महोत्सवको ठुलो योगदान छ । सडक महोत्सव अहिले ब्रान्ड नै भएको छ ।पर्यटन उद्योगमा प्रचारको ठूलो महत्त्व हुन्छ ।पर्यटन भनेको गतिविधि पनि हो । धुम्धुम्ती बस्न कोही पर्यटक बनेर घरबाट निस्कदैन । उनीहरु रमाइलो गर्न चाहन्छ्न् ।रमाइलो गराएर उनीहरुबाट पैसा झार्न सक्नु नै पर्यटन उद्योगको सफलता हो ।लेकसाइडको महोत्सवले कम्तिमा यो दिशा लिएको छ ।यो सकारात्मक पक्ष हो ।यद्यपि,महोत्सवका नकारात्मक पक्ष नभएको भने हैन ।महोत्सवको छेकोमा बढी पैसा असुल्नु,गुणस्तरीय सेवा नदिने गुनासोबाट यो महोत्सव अछुतो रहेको छैन ।आयोजकले यो गुनासो संवोधनमा ध्यान दिनुपर्नेछ ।सरकारले यो अंग्रेजी वर्षलाई नेपाल भ्रमण वर्ष घोषणा गरेको छ ।२० लाख पर्यटक भित्र्याउने महत्वाकांक्षी लक्षसहित मनाउन लागिएको भ्रमण वर्षलाई यस्ता महोत्सवले सघाउने कुरामा विवाद छैन ।अत:यस्ता महोत्सवलाई अझ व्यवस्थित गर्नेतर्फ पनि ध्यान दिनुपर्छ ।गण्डकी प्रदेश सरकारले सन् २०१९ लाई आन्तरिक पर्यटन वर्ष घोषणा गर्‍यो ।तर, तयारी बिना घोषित कार्यक्रमले अपेक्षित लक्ष्य पूरा गर्न सकेन ।यस्तो अवस्थामा घोषणा गरिएको भ्रमण वर्ष सफल बनाउन पर्यटकीय गतिविधिहरु बढाउनु पर्छ ।मुख्य कुरा प्रचारको हो ।प्रचारात्मक गतिविधिहरुलाई अन्तरास्ट्रिय स्तरमा पुर्‍याउनेतर्फ ध्यान दिनुपर्छ ।सरकारले प्रचारात्मक अभियानलाई व्यवस्थित गरेको जिकिर गरेको छ ।घोषणा गर्ने तर काम नगर्ने रोगबाट कम्तिमा सरकार मुक्त हुनुपर्छ ।यसैगरि नयाँ पर्यटकीय गन्तब्यको पहिचान,नयाँ पदयात्रा मार्गहरुको विकासमा पनि ध्यान दिनुपर्छ ।यसो हुन सके मात्रै नेपाल आएका पर्यटकलाई अड्याउन सकिन्छ ।अहिले नेपाल आउने पर्यटकहरुको बसाई खासै धेरै छैन ।उनीहरुको खर्च पनि ठूलो छैन ।संख्या बढेर मात्रै पर्यटनले कुल ग्राहस्थ उत्पादनमा योगदान दिन सकेन भने त्यसको औचित्य पनि रहँदैन ।लेन्थ अफ स्टे बढाउँदै गुणस्तरीय पर्यटक भित्र्याउन पनि ध्यान दिनुपर्छ ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->