शनिबार, कार्तिक १ २०८३

शनिबार, कार्तिक १ २०८३
  • १ कार्तिक २०८३ , शनिबार
  • October 17 2026

विद्यालयमा हवाई आक्रमण, २८ विद्यार्थीको मृत्यु

विद्यालयमा हवाई आक्रमण, २८ विद्यार्थीको मृत्यु


  • Dhorpatan News
  • पुष २० २०७६, आइतबार

काठमाडौं, २० पुस –  लिवियाको राजधानी त्रिपोलीमा रहेको एउटा शैक्षिक संस्थामा भएको हवाई आक्रमणमा परी २८ विद्यार्थी मारिएका छन् । शनिबार अबेर यहाँस्थित सैनिक विद्यालयमा भएको उक्त आक्रमणमा परी ती विद्यार्थी मारिएका बताइएको छ ।सो आक्रमणबाट अरु १८ जना घाइते भएका पनि सुरक्षा अधिकारीहरुले जानकारी दिएका छन् । “प्रारम्भीक विवरणअनुसार घटनामा परी २८ विद्यार्थी मारिएका छन्, अरु १८ जना घाइते भएका छन्,” लिबियाको एक सरकारी निकायले जारी गरेको वक्तव्यमा जनाइएको छ ।संयुक्त राष्ट्रसंघको सहयोगमा रहेको लिबियाली सरकारले प्रकाशन गरेको सो वक्तव्यमा विदेशी हवाई सुरक्षा बलले सो हवाई आक्रमण गरेको जनाइएको छ ।उक्त सैन्य बलले त्रिपोलीमा सञ्चालनमा रहेको एक सैन्य विद्यालयलमा नै आक्रमण गरेको बताइएको छ ।त्यो विद्यालयलाई लक्ष्य बनाइनुको कारण के हो भन्ने बारेमा केही थाहा भएको छैन । राष्ट्रसंघ समर्थित सुरक्षा फौजले आफ्नो आधिकारीक फेसबुक पेजमा मृत्यु भएका र घाइते भएका विद्यार्थीहरुको फोटो पोष्ट गरेको छ ।घटनाका बारेमा अहिलेसम्म कसैले पनि जिम्मेबारी लिएको छैन । लिवियामा चलिरहेको द्वन्द्वका कारण हजारौँको मृत्यु भएको छ भने लाखौँ विस्थापित भएका छन् ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->