शनिबार, कार्तिक १ २०८३

शनिबार, कार्तिक १ २०८३
  • १ कार्तिक २०८३ , शनिबार
  • October 17 2026

नेपाल र चीनका गृहमन्त्रीबीच सुरक्षा छलफल

नेपाल र चीनका गृहमन्त्रीबीच सुरक्षा छलफल

मन्त्री थापाले चिनियाँ समकक्षीलाई नेपाल भ्रमणको निम्तो दिएका छन्।


  • ढोरपाटन संवाददाता
  • पुष २२ २०७६, मंगलबार

बेइजिङ, २२ पुस – नेपाल र चीनका गृहमन्त्रीबीच सीमा सुरक्षा, द्विपक्षीय सम्बन्ध र चीनविरोधी गतिविधिमा कडाइ गर्ने विषयमा बेइजिङमा छलफल भएको छ। गृहमन्त्री रामबहादुर थापा र चीनका सार्वजनिक सुरक्षामन्त्री चाओ खचीबीच दुई देशका सुरक्षा चासोका विषयमा छलफल भएको बेइजिङस्थित नेपाली दूतावासले जनाएको छ। दूतावासका अनुसार दुई देशले चीनमा अपराध गरेर नेपालमा लुक्ने, नेपालमा बसेर दुवै देशको सुरक्षामा खलल पुर्‍याउने विरुद्ध सहकार्य गर्ने भएका छन्।
गृहमन्त्री थापाले सोमबार बेइजिङमा चीनको राज्य परिषद्का सदस्य तथा सार्वजनिक सुरक्षामन्त्री चाओसँग द्विपक्षीय सम्बन्ध उचाइमा लैजान सहकार्य अपरिहार्य रहेको बताएका थिए। गृहमन्त्री थापा चीनको सार्वजनिक सुरक्षा मन्त्रालयको निमन्त्रणामा आइतबार बेइजिङ आइपुगेका हुन्। उनीहरूबीच चीनविरोधी गतिविधि हुन नदिने तथा दुई देशबीचको सीमा सुरक्षा सबल बनाउने विषयमा पनि छलफल भएको थियो। चिनियाँ पक्षले तिब्बत, हङकङ र सिनच्याङ चीनको आन्तरिक मामिला भएको र यस सम्बन्धमा अरू देशले हस्तक्षेप गर्नु आवश्यक नभएको प्रस्ट पारेको थियो। मन्त्री थापाले नेपाली भूमिमा चीनविरोधी गतिविधि हुन नदिने प्रतिबद्धता जनाएका छन्।
गृह मन्त्रालयका प्रवक्ता केदारनाथ शर्माले चिनियाँ मन्त्री तथा सुरक्षा अधिकारीसँग मैत्रीपूर्ण तथा सौहार्द भेटवार्ता भएको जानकारी दिए। सुपुर्दगी सन्धिका विषयमा केही छलफल भयो कि भन्ने जिज्ञासा प्रवक्ता शर्माले भने, ‘यो एउटा मैत्रीपूर्ण निमन्त्रणामा भएको भेटघाट कार्यक्रम मात्र हो। कुनै किसिमको सन्धिसम्झौता भएको छैन।’ गत असोजमा राष्ट्रपति सी चिनिफिङको भ्रमणका क्रममा कानुनी सहायतासम्बन्धी सम्झौतामा हस्ताक्षर भएको थियो। यही आधारमा सुर्पुदगी सन्धि पनि हुन सक्ने अनुमान छ। मन्त्री थापाले चिनियाँ समकक्षीलाई नेपाल भ्रमणको निम्तो दिएका छन्।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->