मंगलबार, भाद्र २३ २०८३

मंगलबार, भाद्र २३ २०८३
  • २३ भाद्र २०८३ , मंगलबार
  • September 8 2026

अमलाविसौंनी टोल विकासमा खड्का

अमलाविसौंनी टोल विकासमा खड्का


  • Dhorpatan News
  • पुष २२ २०७६, मंगलबार

पोखरा,२२ पुस – अमलाविसौंनी धोविनीपाटन टोल विकास संस्था पोखरा १६ को सम्पन्न सातौं अधिवेशनले पुनः होमवहादुर खड्काको अध्यक्षतामा १६ सदस्यीय कार्य समिति चयन गरेको छ ।संस्थाको उपाध्यक्षमा खग्रेन्द्र थापा, सचिवमा रिखिराम सापकोटा, कोषाध्यक्षमा भुवन पौडेल, सह सचिवमा लक्ष्मी श्रेष्ठ, सह कोषाध्यक्षमा राजु थापा र सदस्यहरुमा गंगा कार्की, श्रीदेवी थापा, सरिता अधिकारी, सिता थापा, राजेन्द्र शाही ठकुरी, कृष्ण व.खड्का, लालकुमार अधिकारी, भुवन श्रेष्ठ, गोपाल थापा र कृष्ण व. थापा रहनु भएको छ । कार्यक्रममा संस्थाले १८ जना पुर्व पदाधिकारीलाई सम्मान समेत गरेको छ ।यसअघि अधिवेशनको उद्घाटन गर्दै वडाध्यक्ष जीवनप्रसाद आचार्यले वडालाई समृद्घ वनाउन टोल विकास संस्थाहरुको भुमिका महत्वपुर्ण रहने वताउनुभयो । संस्थाका अध्यक्ष होमवहादुर खड्काको अध्यक्षतामा भएको कायृक्रममा प्रगति वोडिङ्ग स्कुलका प्रिन्सीपल दिनेश श्रेष्ठ, संरक्षण आमा समुहका सदस्य मंगला खड्का, संस्थाका सह सचिवमा लक्ष्मी श्रेष्ठ, कोषाध्यक्षमा भुवन पौडेल लगायतले संस्थाले गरेका गतिविधीका वारेमा जानकारी गराएका थिए ।अधिवेशनले संस्थाको वार्षिक प्रगति र आर्थिक प्रतिवेदन समेत पारित गरेको छ । २०६३ सालमा गठित संस्थामा १सय ४५ जना सदस्य आवद्घ छन् ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->