शनिबार, कार्तिक १ २०८३

शनिबार, कार्तिक १ २०८३
  • १ कार्तिक २०८३ , शनिबार
  • October 17 2026

अमेरिकी सेनाको बेस क्याम्पमा इरानले हान्यो दर्जन रकेट

अमेरिकी सेनाको बेस क्याम्पमा इरानले हान्यो दर्जन रकेट


  • एजेन्सी
  • पुष २३ २०७६, बुधबार

इरान, २३ पुस- इरानले इराकस्थित अमेरिकी सेनाको बेस क्याम्पमा रकेट आक्रमण गरेको छ । इरानी अधिकारीलाई उद्धृत गर्दै अल जजिराले दिएको खबरअनुसार पश्चिमी इराकको इन् अल आसादस्थित अमेरिकी गठबन्धन सेनाको बेस क्याम्पमा बुधबार बिहान दर्जन रकेट प्रहार गरिएको हो। १३ रकेट प्रहार गरिएको र हालसम्म कुनै क्षति तथा हताहतीको विवरण प्राप्त नभएको बग्दादका संवाददातालाई उद्धृत गर्दै अलजजिरा जनाएको छ।  इरानी सरकारी टेलिभिजनले पनि रिभ्युलुसनरी गार्डले रकेट प्रहार गरेको र अमेरिकाले थप आक्रमण गरेमा ठूलो मूल्य चुकाउनु पर्ने चेतावनी दिएको छ।
अमेरिकी गठबन्धन सेनाको क्याम्पमा इरानतर्फबाट दर्जनभन्दा बढी रकेट प्रहार भएको अमेरिकाले पुष्टि गरेको छ। अहिले क्षतिको विवरण आकलन भइरहेको र आफ्ना गठबन्धन सेनाको रक्षाका लागि जस्तोसुकै कदम चाल्न तयार रहेको पेन्टागनले जनाएको छ। गत साता अमेरिकी आक्रमणमा इरानी कमाण्डर कासिम सुलेमानी मारिएपछि इरानले बदला लिने धम्की दिँदै आएको थियो।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->